हङकङमा थपिए ९ सङ्क्रमित, चेयुङ क्वान ओमा लक डाउन..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १४ जनवरी । सेन्टर फर हेल्थ प्रोटेक्शनले शुक्रवार कोविड १९ को नयाँ ९ केसहरुको अनुसन्धान गरिरहेको जनाएको छ।

संक्रमित केसहरूमध्ये ६ आयातित, २ आयातित केससंग सम्बन्धित र एक स्थानीय रहेका छन्। तिनीहरु सबैमा म्युटन स्ट्रेन्स देखिएको जनाइएको छ।

यससंगै, हङकङमा हालसम्म १३ हजार २५ जनामा संक्रमण देखिएको छ।

हङकङमा कोरोना सङ्क्रमित ४ सय २८ जनाको उपचार भइरहेको छ। थप २ जना स्वास्थ्यलाभ गरी अस्पतालबाट डिस्चार्ज भएका छन्।

कोरोना सङ्क्रणबाट हङकङमा २१३ जनाले ज्यान गुमाएका छन्।

चेयुङ क्वान ओमा लक डाउन

चेयुङ क्वान ओको टोंग चुन स्ट्रीटस्थित बाउहिनिया गार्डन टावर ४ मा बस्ने पेनीज बे क्वारेन्टिन सेन्टरकी एक महिला सुरक्षा गार्डलाई प्रारम्भिक परीक्षणमा पोजेटिभ देखिएपछि त्यहाँ लकडाउन गरिएको छ।

सरकारले लकडाउन गरी त्यहाँ बसोबास गर्नेहरुलाई अनिवार्य भाइरस परीक्षण गराउंन आग्रह गरेको छ।

Tower 4, Bauhinia Garden, 11 Tong Chun Street, Tseung Kwan O

त्यसैगरी, गत आइतबार (जनवरी ९) देखि र आज (शुक्रबार) त्यहाँ पुगेर दुई घण्टा विताएका व्यक्तिहरूलाई समेत अनिवार्य परीक्षण गराउंन आग्रह गरिएको छ।

….





Comments

comments

47859