हङकङमा आज सङ्क्रमित केस ५ मात्र..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १५ जनवरी । सेन्टर फर हेल्थ प्रोटेक्शनले मंगलवार कोभिड-१९ को नयाँ ५ केसहरुको अनुसन्धान गरिरहेको जनाएको छ।

संक्रमित नयाँ केसहरूमध्ये ३ आयातित र २ आयातित केससंग सम्बन्धित छन्। चारवटा केसहरू ओमिक्रोन भेरियन्ट भाइरसबाट संक्रमित भएको आशंका गरिएको छ। ती सबै केसहरूमा म्युटन्ट स्ट्रेन्स देखिएको जनाइएको छ।

नयाँ पुष्टि भएका केसहरूमध्ये एक पेनीज बे क्वारेन्टिन सेन्टरकी महिला सुरक्षा गार्ड रहेकी छन्। यसअघि, पेनी बे क्वारेन्टिन सेन्टरमा उनीसँगै काम गर्ने अर्को महिला सुरक्षा गार्डमा समेत कोरोना पोजेटिभ पुष्टि भएको थियो।

अर्को केस मेपल गार्डेन, नर्थ प्वाइन्टमा बस्ने ८५ वर्षीय पुरुष रहेका छन्। उनी यसअघि कोरोना पोजेटिभ पुष्टि भएका परिवारका सदस्य रहेका छन्।

यससंगै, हङकङमा हालसम्म १३ हजार ३० जनामा संक्रमण देखिएको छ। आज पनि करिब १० प्रारम्भिक केसहरू दर्ज भएका छन्।

हङकङमा कोरोना सङ्क्रमित ४ सय १० जनाको उपचार भइरहेको छ। थप १८ जना स्वास्थ्यलाभ गरी अस्पतालबाट डिस्चार्ज भएका छन्।

कोरोना सङ्क्रणबाट हङकङमा २१३ जनाले ज्यान गुमाएका छन्।

शाम शुई पोमा लक डाउन

शाम शुई पोको तुङ मुन हाउस भाइरस टेस्टको लागि लकडाउन गरिएको छ। उल्लेखित भवनमा बस्ने व्यक्तिमा आज प्रारम्भिक परीक्षण पोजेटिभ देखिएपछि सरकारले लकडाउन गरी त्यहाँ बसोबास गर्नेहरुलाई अनिवार्य भाइरस परीक्षण गराउंन आग्रह गरेको छ।

Tung Moon House, Tai Hang Tung Estate, 83 Tai Hang Tung Road, Sham Shui Po

.

….





Comments

comments

47881