हङकङमा थपिए १४ सङ्क्रमित, युन लङको पसलमा पनि भेटियो कोरोना, चेउङ शा वान र चुन वानमा लकडाउन

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २० जनवरी । सेन्टर फर हेल्थ प्रोटेक्शनले विहीवार कोभिड-१९ को नयाँ १४ केसहरुको अनुसन्धान गरिरहेको जनाएको छ।

संक्रमित केसहरूमध्ये ४ आयातित र १० स्थानीयसंग सम्बन्धित रहेका छन्। यससंगै, हङकङमा हालसम्म १३ हजार ९६ जनामा संक्रमण देखिएको छ। यसैबीच, आज कम्तिमा २० भन्दा बढी प्रारम्भिक केसहरू दर्ज भएका छन्।

घरपालुवा जनावर पसलहरू भ्रमण गर्ने थप दुई व्यक्तिहरूमा कोविड-१९ पोजेटिभ देखिएको छ। एक स्वास्थ्य अधिकारीले घरपालुवा जनावरबाट मानव संक्रमणको जोखिम बढ्दै गएको बताउंदै सचेत रहन आग्रह गरिएको छ।

स्वास्थ्य संरक्षण केन्द्रको सरुवा रोग शाखाका प्रमुख डा.चुआङ शुक-क्वानले मोङ कोक मा “I Love Rabbit” र कजवे बेको “Little Boss” घरपालुवा जनावर पसलमा गएका थप दुई ग्राहकहरूमा प्रारम्भिक परीक्षणमा पोजेटिभ देखिएको बताएकी छन्।

तिनीहरूमध्ये एकले जनवरी ४ मा मोङ कोक पसलबाट ह्याम्स्टर खरिद गरेका थिए भने अर्को जनवरी ११ मा कजवे बेको पसलमा गएका थिए।

त्यस्तै, डा. चुआङले युन लङको “I Love Rabbit” पसलको घरपालुवा जनावरमा पनि कोरोना पोजोटिभ भेटिएको बताइन्। डा. चुआङले जनावरबाट मानिसमा सर्ने जोखिम निकै बढेको बताइन्।

हङकङमा केही दिन यता बजारमा बिक्री गर्न राखेका घरपालुवा जनावरबाट मानिसमा कोरोना संक्रमित हुने जोखिम बढ्दै गएपछि घरपालुवा जनावर नष्ट गर्न थालिएको छ। डा. चुआङले जनवरी २२ मा वा त्यसपछि ह्यामस्टरहरू किनेका मानिसहरूलाई सकेसम्म चाँडो परीक्षण गर्न आह्वान गरेकी छन्। उनले मानिसहरूलाई सार्वजनिक स्वास्थ्य समस्याहरूबाट बच्न सडकमा आफ्नो ह्याम्स्टरहरू नछोड्न आग्रह गरेकी छन्।

हङकङमा हाल कोरोना सङ्क्रमित ३ सय ४० जनाको उपचार भइरहेको छ। थप २ जना स्वास्थ्यलाभ गरी अस्पतालबाट डिस्चार्ज भएका छन्।

कोरोना सङ्क्रणबाट हङकङमा २१३ जनाले ज्यान गुमाएका छन्।

चेउङ शा वान र चुन वानमा लकडाउन

निम्न भवनहरुमा बसोबास गर्नेहरुलाई अनिवार्य भाइरस परीक्षण गराउंन सरकारले आग्रह गरेको छ।

  • Tower 1, New Haven, 363 Sha Tsui Road, Tsuen Wan
  • Cheung Yan House, Cheung Sha Wan Estate, 9 Tonkin Street, Cheung Sha Wan

.

….





Comments

comments

47977