घानामा ट्रक र मोटरसाइकल ठोक्किँदा विस्फोट‚ कम्तीमा १७ को मृत्यु

घानाको पश्चिमी क्षेत्रमा ट्रक विस्फोट हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ।

घाना वेब न्युज आउटलेटका अनुसार मोटरसाइकलसँग ठोक्किएपछि उत्खनन कार्यका लागि विष्फोटक पदार्थ बोकेको ट्रकमा विस्फोटन भएको थियो ।

विष्फोटबाट नजिकैका भवन र पूर्वाधारमा पनि ठूलो क्षति पुगेको जनाइएको छ ।

अन्य सञ्चारमाध्यमहरूले घटनामा करीब ६० जना घाइते भएको पनि उल्लेख गरेका छन्। यद्यपि घटनाको विस्तृत विवरण भने आउँन बाँकी छ।

-रासस/एएनआई

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

47989