हङकङमा एकै दिन थपिए १०० बढी प्रारम्भिक केस, अर्को भवनमा पनि ५ दिन तालाबन्दी..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २२ जनवरी । सेन्टर फर हेल्थ प्रोटेक्शनले शनिवार कोभिड-१९ को नयाँ २६ केसहरुको अनुसन्धान गरिरहेको जनाएको छ।

२६ नयाँ पुष्टि भएका केसहरूमध्ये १ आयातित केस रहेको छ भने बाँकी २५ स्थानीयसंग सम्बन्धित रहेका छन्। यससंगै, हङकङमा हालसम्म १३ हजार १ सय ४६ जनामा संक्रमण देखिएको छ।

नयाँ पुष्टि भएका केसहरूमध्ये आठ जना याट क्वाई हाउसका बासिन्दा र आगन्तुकहरू रहेका छन्। अन्य दुई यिङ क्वाई हाउस र तिनीहरूका छिमेकीहरू रहेका छन्। त्यस्तै, एक कजवे बेस्थित लिटल बोसका ग्राहकलगायत रहेका छन्।

आज १०० भन्दा बढी प्रारम्भिक पुष्टि भएका केसहरू दर्ज भएका छन्। जसमध्ये ९६ “याट क्वाई हाउस” सँग सम्बन्धित छन्। ८ भन्दा बढी प्रारम्भिक केसहरू नजिकैको यिङ क्वाई हाउसमा फेला परेका छन्।

हङकङकी प्रमुख कार्यकारी क्यारी लामले यिङ क्वाई हाउस, क्वाई चुङ एस्टेटमा आठभन्दा बढी प्रारम्भिक केस भेटिएपछि अर्को पाँच दिनको लागि तालाबन्दीको घोषणा गरेकी छन्।

पत्रकारहरुसँग कुरा गर्दै लामले छोटो समयमा प्राविधिक कारणले सरकारले आज राति खानाको व्यवस्था गर्न नसकिने तर भोलि (आइतबार) देखि उनीहरुलाई खानाको बक्स उपलब्ध गराइने बताईन्।

यिङ क्वाई हाउसमा परीक्षणको पहिलो चरणमा ९४० निवासीहरूमा ८ देखि १० प्रारम्भिक केस पत्ता लगाइएको जनाइएको छ।

यसैबीच, एस्टेटका अन्य चार ब्लकहरू – चिन क्वाई हाउस, ह्यु क्वाई हाउस, युक क्वाई हाउस, र एनगा क्वाई हाउस – अनिवार्य परीक्षणको लागि रातभरको लागि लकडाउन गरिने छ।

हङकङमा अहिले कोरोना सङ्क्रमित ३ सय ३० जनाको उपचार भइरहेको छ। थप ३ जना स्वास्थ्यलाभ गरी अस्पतालबाट डिस्चार्ज भएका छन्।

कोरोना सङ्क्रणबाट हङकङमा २१३ जनाले ज्यान गुमाएका छन्।

…..

….





Comments

comments

48016