हङकङमा एकै दिन १४० संक्रमित थपिए, एउटै भवनबाट ९४ संक्रमित..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २३ जनवरी । सेन्टर फर हेल्थ प्रोटेक्शनले आइतवार कोभिड-१९ को नयाँ १४० केसहरुको अनुसन्धान गरिरहेको जनाएको छ।

संक्रमितमध्ये यात क्वाई हाउसका मात्रै ९४ निवासी र आगन्तुकहरू रहेका छन्। हङकङमा कोरोनाको पाँचौं लहर सुरु भएदेखिकै यो उच्च दैनिक संख्या हो।

–

नयाँ पुष्टि भएका केसहरूमध्ये १५ आयातित केस रहेका छन् भने बाँकी १२५ स्थानीयसंग सम्बन्धित रहेका छन्। यससंगै, हङकङमा हालसम्म १३ हजार २ सय ८६ जनामा संक्रमण देखिएको छ।

त्यस्तै, यिङ क्वाई हाउसमा ९ र क्वाई चुङ एस्टेटको नगा वाइ हाउसमा १ जना पुष्टि भएका केसहरू रहेका छन्।

आज पनि १०० भन्दा बढी प्रारम्भिक पुष्टि भएका केसहरू दर्ज भएका छन्।

हङकङमा अहिले कोरोना सङ्क्रमित ३ सय २४ जनाको उपचार भइरहेको छ। थप ६ जना स्वास्थ्यलाभ गरी अस्पतालबाट डिस्चार्ज भएका छन्।

कोरोना सङ्क्रणबाट हङकङमा २१३ जनाले ज्यान गुमाएका छन्।

BREAKING: हङकङमा एकै दिन १४० संक्रमित थपिए, एउटै भवनबाट ९४ संक्रमित..

…..

….





Comments

comments

48033