हङकङमा एकै दिन १४० संक्रमित थपिए, एउटै भवनबाट ९४ संक्रमित..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २३ जनवरी । सेन्टर फर हेल्थ प्रोटेक्शनले आइतवार कोभिड-१९ को नयाँ १४० केसहरुको अनुसन्धान गरिरहेको जनाएको छ।

संक्रमितमध्ये यात क्वाई हाउसका मात्रै ९४ निवासी र आगन्तुकहरू रहेका छन्। हङकङमा कोरोनाको पाँचौं लहर सुरु भएदेखिकै यो उच्च दैनिक संख्या हो।

नयाँ पुष्टि भएका केसहरूमध्ये १५ आयातित केस रहेका छन् भने बाँकी १२५ स्थानीयसंग सम्बन्धित रहेका छन्। यससंगै, हङकङमा हालसम्म १३ हजार २ सय ८६ जनामा संक्रमण देखिएको छ।

त्यस्तै, यिङ क्वाई हाउसमा ९ र क्वाई चुङ एस्टेटको नगा वाइ हाउसमा १ जना पुष्टि भएका केसहरू रहेका छन्।

आज पनि १०० भन्दा बढी प्रारम्भिक पुष्टि भएका केसहरू दर्ज भएका छन्।

हङकङमा अहिले कोरोना सङ्क्रमित ३ सय २४ जनाको उपचार भइरहेको छ। थप ६ जना स्वास्थ्यलाभ गरी अस्पतालबाट डिस्चार्ज भएका छन्।

कोरोना सङ्क्रणबाट हङकङमा २१३ जनाले ज्यान गुमाएका छन्।

BREAKING: हङकङमा एकै दिन १४० संक्रमित थपिए, एउटै भवनबाट ९४ संक्रमित..

…..

….





Comments

comments

48033