हङकङमा १२४ संक्रमित थपिए, भारतबाट आएका २१ जनामा देखियो संक्रमण..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २५ जनवरी । सेन्टर फर हेल्थ प्रोटेक्शनले मंगलवार कोभिड-१९ को नयाँ १२४ केसहरुको अनुसन्धान गरिरहेको जनाएको छ।

हङकङमा ३१ आयातित र ९३ स्थानीय गरी कुल १२४ जनामा कोरोना पुष्टि भएको सेन्टरले जनाएको छ।

आयातित ३१ मध्ये २१ जना भारतबाट आएका समुद्री यात्रु रहेका छन्। उनीहरु २३ जनवरीमा कार्गो जहाजमा हङकङ आइपुगेका थिए।

कुल ९३ स्थानीय केसहरूमध्ये ५३ अघिल्लो केसहरूसँग जोडिएका छन्। उनीहरू क्वाई चुङ इस्टेटका बासिन्दा, आगन्तुक तथा आफन्तहरू रहेका छन्। स्थानीयमध्ये ६ जनाको संक्रमणको स्रोत अज्ञात रहेको छ।

आज पनि ७० जनाको प्रारम्भिक परीक्षण पोजिटिभ देखिएको छ।

क्वाई चुङ एस्टेटसहित क्वाई चिङ एस्टेटका अहिलेसम्म संक्रमितको संख्या २७६ पुगेको छ।

ग्लोरी कोर्ट, चुन वान गार्डनमा पनि कोरोना केस फैलिदै गएको देखिएको छ। दुई संक्रमित भेटिएपछि सेन्टर फर हेल्थ प्रोटेक्शनका प्रिन्सिपल मेड एण्ड हेल्थ अफिसर (इपिडिमियोलोजी) डाक्टर अल्बर्ट एउले आज (२५ गते) स्थलगत भ्रमण गरी भवनमा संक्रमण फैलिएको बताएका छन्। ४ देखि १८ तलासम्मका सबै युनिट नं ५ र १६, १७, १८ र रुफटपका युनिट नम्बर ४ का बासिन्दाहरूलाई खाली गरी क्वारेन्टिन केन्द्रमा पठाइने जनाइको छ।

शाम शुई पोको वाइ चुन हाउसमा भाइरस परीक्षणको लागि बेलुका ८ बजेदेखि लकडाउन गरिएको छ। यस भवनमा बसोबास गर्ने एक केसको परीक्षण पोजेटिभ (म्युटन्ट स्ट्रेन) भेटिएपछि लकडाउन गरिएको जनाएको छ।

लकडाउन भवन
Wai Chun House, 24-26 Un Chau Street, Sham Shui Po





Comments

comments

48098