भ्वाइस अफ किड्सकी पेमा देचेन तामाङसँग राजेशपायल राईको ” सै हँमा “

सौरभ श्रेष्ठ / एचकेनेपाफ डट कम –

धरान। भ्वाइस अफ किड्स प्रतियोगिताको सेमीफाइनल सम्म पुगेकी पेमा देचेन तामांगलाई गायक राजेश पायल राईले आफ्नै संगीत र स्वरमा ” सै हँमा ” बोलको युगल गीत रेकर्ड गराएर स्टुडियो भिडियो सार्वजनिक गरेका छन्।

” सै हँमा ” र “सै हँपा” अर्थात् राई भाषामा रानी र राजा अर्थ लाग्ने शब्द प्रयोग गरिएको गीतको शब्द टिका चाम्लिङ्गको रहेको छ भने संगीत संयोजन राजु कार्कीको रहेको छ।

मनोज राईले भिडियो छायाँकन तथा सम्पादन गरेका हुन्। सोमबार सार्वजनिक गरिएको गीत नेपालसहित कतार र कुवेतमा समेत युट्युब ट्रेन्डिंगमा परेको छ।

राजेशपायल राईले यसअघि पनि मेलिना मैनाली , बिसाखा साही ,सुदिता राई , सुजिता योञ्जन , इशान राई , बैशाली लामा लगायतका द भ्वाइसका प्रतियोगीहरुसँग युगल गीतहरु आफ्नै संगीतमा रेकर्ड गराएर सार्वजनिक गरेका छन्।

यसरी नै नयाँ प्रतिभाहरुलाई राजेश पायल राई म्युजिक एकेडेमीमार्फत मौका दिईरहने गायक राजेश पायल राईले बताए।

म्युजिक भिडियो लिंक
https: //youtu.be/t-ILc4c5qCc





Comments

comments

48092