पोखरामा अत्यावश्यकबाहेकका सेवा स्थगित

कास्की । भौगोलिक रुपमा देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकाबाट प्रवाह हुँदै आएका अत्यावश्यकबाहेकका नियमित सेवाहरु आजदेखि स्थगित गरिएको छ।

पछिल्लो समय कोरोना भाइरस सङ्क्रमणबाट केही कर्मचारी सङ्क्रमित भएपछि यही माघ १६ गतेसम्मका लागि नियमित सेवाहरु बन्द गरिएको महानगरपालिकाले सूचना जारी गरी जनाएको छ।

केही कर्मचरी सङ्क्रमित र अन्य कर्मचारीमा कोभिडसँग मिल्दाजुल्दा लक्षण देखा परेकाले थप जोखिम बढ्नसक्ने भएकाले सरसफाइ, स्वास्थ्य तथा अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको महानगरका प्रवक्ता धनबहादुर नेपालीले जानकारी दिनुभयो।

उहाँका अनुसार महानगरका ३३ वडामध्ये अन्य चार वडाको सेवा पनि कोरोना सङ्क्रमणका कारण बन्द गरिएको छ । महानगरका महाशाखा तथा शाखा कार्यालय पनि बन्द हुने बताइएको छ । जिल्लामा पछिल्लो समय सङ्क्रमण बढ्दै जाँदा अधिकांश सार्वजनिक सेवा प्रदायक कार्यालयको सेवा बन्द गरिएको छ। रासस





Comments

comments

48138