महाकाली नदीबाट उद्धार गरिएका युवकको मृत्यु

दार्चुलाको खलङ्गास्थित महाकाली नदीमा नुहाउने क्रममा बगेर बेहोस भएका युवकको मृत्यु भएको छ।

-

आज दिउँसो नुहाउनका लागि नदीमा गएका व्याँस गाउँपालिका–४ का २१ वर्षीय सुवास कुँवरका उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो।

फोटोः अन्नपूर्णपोष्ट / सुन्दरसिंह धामी

खलङ्गाको बङ्गाबगडमा महाकालीमा बगेका ती युवकको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मनोहर भट्टले जानकारी दिए । “उद्धार गरी जिल्ला अस्पताल भर्ना गरेका थियौँ,” उनले भने, “अस्पतालले मृत घोषणा गरिसकेको हो।”

कुँवर महाकाली नदीमा बगेपछि स्थानीय बासिन्दा, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उद्धार गरेको थियो । महाकाली नगरपालिका–४ मा उनी कोठा भाडामा लिएर बस्दै आएका थिए । कम्प्युटर सिक्नका लागि कुँवर ब्यासबाट खलङ्गा आएको प्रहरीले जनाएको छ। रासस
.

.





Comments

comments

48159