हङकङमा थपिए ११५ संक्रमित, ओमिक्रोन प्रकोप विद्यालयहरुमा फैलियो..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २८ जनवरी । सेन्टर फर हेल्थ प्रोटेक्शनले शुक्रवार कोभिड-१९ को नयाँ ११५ केसहरुको अनुसन्धान गरिरहेको जनाएको छ।

हङकङमा ४ आयातित र १११ स्थानीय गरी कुल ११५ जनामा कोरोना पुष्टि भएको सेन्टरले जनाएको छ।

१११ स्थानीयसंग सम्बन्धित छन् भने १०५ स्थानीय पुराना केससँग जोडिएका छन्। ६ स्थानीय केसहरूको संक्रमणको स्रोत खुलेको छैन। यसैबीच, आज ८० भन्दा बढी प्रारम्भिक केसहरू रेकर्ड भएका छन्।

स्वास्थ्य संरक्षण केन्द्रकी डा. चुआंग शुक-क्वानले द युएन युन इन्स्टिच्युट स्कूल र क्रिस्चियन नेशनल इभान्जेलिज्म कमिसन ली आई याओ मेमोरियल सेकेन्डरी स्कूल क्वाइ चुङ गरी दुई विद्यालयमा ओमिक्रोन प्रकोप फैलिएको बताएकी छन्।

डा. चुआंगका अनुसार पहिलो विद्यालयमा ८-९ र दोश्रो विद्यालयका ५ विद्यार्थी संक्रमित भएका छन्। उनले यत क्वाई हाउसमा बस्ने विद्यार्थीहबाट ति विद्यालयमा अध्ययनरत विभिन्न कक्षाका विद्यार्थीहरुलाई संक्रमण भएको बताएकी छन्।

हङकङमा हालसम्म १३ हजार ७ सय ९० जनामा संक्रमण देखिएको छ। हङकङमा कोरोना सङ्क्रमित ८ सय ८ जनाको उपचार भइरहेको छ। थप २ सय ३० जना स्वास्थ्यलाभ गरी अस्पतालबाट डिस्चार्ज भएका छन्।

कोरोना सङ्क्रणबाट हङकङमा २१३ जनाले ज्यान गुमाएका छन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

48168