हङकङमा नेपाल एयरलाइन्सलाई प्रतिबन्ध, नेपालबाट आएका ३४ जनामा देखियो कोरोना!

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २८ जनवरी । हङकङ सरकारले काठमाडौंबाट आउने नेपाल वायुसेवा निगमको उडान नं. RA409 लाई पुनः प्रतिबन्ध लगाएको छ।

जनवरी २५ मा काठमाडौंबाट हङकङ आइपुगेको नेपाल एयरलाइन्सका ३४ जना यात्रुमा कोरोना पोजेटिभ देखिएपछि नेपाल वायुसेवा निगमको उडान RA409 लाई हङकङमा प्रतिबन्ध लगाइएको हो।

२७ जनवरीदेखि ९ फेब्रुअरीसम्म करीव दुई हप्ताको लागि काठमाडौंबाट आउने यात्रुहरूलाई हङकङमा अवतरण गर्न प्रतिबन्ध लगाएको स्थानीय मिडियाले जनाएको छ। प्रतिक्रयाको लागि फेसबूकमा जानुहोस्





Comments

comments

48162