Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
हङकङमा थपिए १४२ संक्रमित, ताई पो र ट्युन मुनमा लकडाउन .. – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

हङकङमा थपिए १४२ संक्रमित, ताई पो र ट्युन मुनमा लकडाउन ..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ३ फेब्रुअरी । सेन्टर फर हेल्थ प्रोटेक्शनले विहीवार कोभिड-१९ को नयाँ १४२ केसहरुको अनुसन्धान गरिरहेको जनाएको छ।

हङकङमा लुनार न्यु इयरको जमघटबाट उत्पन्न हुने पारिवारिक प्रकोप सुरु भएको छ। जसको कारण विहीवार कुल १४२ संक्रमित केस रेकर्ड भएको छ।

सेन्टर फर हेल्थ प्रोटेक्शनका डा. चुआङ सुक-क्वानका अनुसार संक्रमितमध्ये २१ आयातित र १२१ स्थानीयसंग सम्बन्धित रहेका छन्। तिनीहरुमध्ये १५ डेल्टा भेरियन्टका रहेका छन्। ३१ केसको संक्रमणको स्रोत खुलेको छैन। ९० केस अघिल्लो स्थानीय केसहरूसँग जोडिएका छन्।

डा. चुआङले आज पनि १६० भन्दा बढी प्रारम्भिक केस रेकर्ड भएको बताएकी छन्।

यसैबीच, अस्पताल प्राधिकरणका डा लाउ का-हिनका अनुसार बिहान ९ बजेसम्म २४ घण्टामा ५३ जना बिरामी निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। पुष्टि भएका कुल १ हजार २४६ जना बिरामीहरू हाल अस्पतालमा भर्ना छन्।

ह्यामस्टरबाट संक्रमित एक बिरामीको अवस्था गम्भीर रहेको जनाइएको छ। डेल्टा भेरियन्टका ७७ वर्षीया महिला क्वीन मेरी अस्पतालको आईसीयूमा उपचाररत रहेकी छिन्। पहिले देखिको रोगी उनी मधुमेहले पीडित छिन्। हङकङमा कोरोना महामारीका कारण ज्यान जानेको संख्या २१३ पुगेको छ।

लकडाउन र भाइरस परीक्षणः

  • Hing Ping House, Tai Hing Estate, 4 Tai Fong Street, Tuen Mun
  • Fu Cheong Court, Kwai Cheong Court and Wing Cheong Court of Fortune Plaza, Tai Po.




Comments

comments

48327