हङकङमा थपिए १३१ संक्रमित, आजको प्रारम्भिक केस १९५, काई तक, साई यिङ पुन, वोङ ताई सिन र शाम शुई पोमा लकडाउन..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ४ फेब्रुअरी । सेन्टर फर हेल्थ प्रोटेक्शनले शुक्रवार कोभिड-१९ को नयाँ १३१ केसहरुको अनुसन्धान गरिरहेको जनाएको छ।

हङकङमा आज १ मात्र आयातित केस रहेको छ भने डेल्टा भेरियन्टका ३ केससहित १३० स्थानीय केसहरू रहेका छन्। अन्य १२३ ओमिक्रोन केसहरू रहेका छन्।

७१ स्थानीयसंग सम्बन्धित छन् भने ५६ स्थानीय केसहरूको संक्रमणको स्रोत खुलेको छैन।

हङकङमा कुल संक्रमितको संख्या १४ हजार ५८४ पुगेको छ । यसैबीच, आज १९५ प्रारम्भिक केसहरू रेकर्ड भएका छन्। जुन उच्च रेकर्ड हो।

यसैबीच, विगत केही दिनमा कोभिड-१९ पुष्टि हुनेको संख्या १०० नाघेको छ। स्रोत नखुलेको केसहरूको अनुपात जनवरीको सुरुमा १०% भन्दा कमबाट बढेर आज ४५% पुगेको छ। स्रोत नखुलेको स्थानीय केसहरूको कुल संख्या हालसम्म करिब २२० पुगेको छ।

अस्पताल अथोरिटीका डा लाउ का–हिनका अनुसार आज बिहान ९ बजेसम्म विगत २४ घण्टामा कुल ३६ पुष्टि भएका बिरामी निको भई अस्पतालबाट डिस्चार्ज भएबा छन्।

हालसम्म निको भएर डिस्चार्ज हुनेको संख्या १२ हजार ९ सय १६ रहेको छ। कुल १ हजार ४०८ पुष्टि भएका बिरामीहरू हाल अस्पतालमा उपाचारत छन्। खोप नलिएका बिरामीहरूमध्ये एक (केस नम्बर 13400) अझै गम्भीर अवस्थामा छ। बाँकी बिरामीहरूको अवस्था स्थिर रहेको छ।

कोरोना सङ्क्रणबाट हङकङमा २१३ जनाले ज्यान गुमाएका छन्।

लकडाउन र भाइरस परीक्षणः

  • Blocks 1 to 3 and 5 to 9 of K. City on Muk Ning Street in Kai Tak;
  • Tower 1 of Yuk Ming Towers on Third Street in Sai Ying Pun;
  • Block 14 of Tsui Chuk Garden in Wong Tai Sin;
  • Sham Shui Po –
    The buildings of 107-131 Apliu Street (odd numbers),
    11-17 Shek Kip Mei Street (odd numbers),
    140-164 Yu Chau Street (even numbers),
    112-126 Nam Cheong Street (even numbers),
    195-223A Tai Nan Street (odd numbers),
    1F Shek Kip Mei Street, 238-272 Lai Chi Kok Road (even numbers)
    and 66-72 Nam Cheong Street (even numbers), excluding the shops on the ground floor.




Comments

comments

48345