बाघको आक्रमणबाट गैँडाको बच्चा मर्‍यो..

चितवन राष्ट्रिय निकुञ्जको बाघमारा पोष्ट नजिकै काभ्रेताल छेउमा अन्दाजी दुई वर्षको गैँडा मृतावस्थामा फेला परेको छ।

-

बाघको आक्रमणबाट गैँडा मरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए।

गैँडाको खुर सुरक्षित रहेको र उमेरका कारण खाग पलाउने अवस्था नरहेको उनले बताए।

निकुञ्जमा चालू आर्थिक वर्षमा दुई चोरी सिकारी र २२ प्राकृतिक कारणले गैँडा मरेका छन्। रासस





Comments

comments

48416