हङकङमा थपिए ६२५ संक्रमित, ‘भ्याक्सिन पास’ बिना हङकङका २३ स्थानमा प्रवेश निषेध, अरु के के छन् हेर्नुहोला..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ८ फेब्रुअरी । हङकङ सरकारले मंगलवार ‘भ्याक्सिन पास’ बिना २३ स्थानमा प्रवेश गर्न नपाइने घोषणा गरेको छ।

हङकङमा अपत्यारिलो ढंगले कोरोना फैलिदै गएपछि हङकङकी प्रमुख कार्यकारी क्यारी लामले मंगलवार सरकारको नयाँ अध्यादेश सार्वजनिक गरेकी छन्।

लामले यस महिना लागू हुने नयाँ ‘भ्याक्सिन पास’ व्यवस्थाका कारण काममा जान नसक्ने खोप नभएका कर्मचारीहरूलाई रोजगारदाताहरूलाई कामबाट हटाउन सक्ने अनुमति दिइने जनाएकी छन्।

पत्रकार सम्मेलनमा बोल्दै लामले महामारीविरुद्धको उपायलाई लिएर रोजगारदाता र कर्मचारीबीचको द्वन्द्व न्यूनीकरण गर्न सरकारले रोजगार अध्यादेश परिमार्जन गर्ने बताएकी छन्।

‘भ्याक्सिन पास’ ले बार, रेस्टुरेन्ट, जिम, सिनेमा, मसाज पार्लर, ब्यूटी सेन्टरहरू, पहिले घोषणा गरेका  सेन्टरहरू र आज नाम दिइएको छ वटा स्थानहरू – सपिङ मल, माछामासु बजार, सुपरमार्केटहरू, डिपार्टमेन्ट स्टोरहरू, धार्मिक स्थल र सैलुन पसलसहित कुल २३ स्थानहरू समेट्नेछ। कम्तिमा एक खोप प्राप्त गर्ने व्यक्तिहरूलाई मात्र ति स्थानहरूमा प्रवेश गर्न अनुमति दिइनेछ।

अध्यादेशमा भएको अर्को परिवर्तनले रोजगारदाताहरूले कामदारहरूलाई उनीहरू बस्ने घरको लकडाउनका कारण वा उनीहरूलाई क्वारेन्टिनमा पठाइएमा हटाउन नसक्ने व्यवस्था गर्नेछ।

उनले भ्याक्सिन पास सबैभन्दा पहिले खानपान परिसरमा प्रयोग गरिने र त्यसपछि विद्यालय, सार्वजनिक क्षेत्रका कार्यालय र समाज कल्याणकारी संस्थाहरूमा विस्तार गरिदै लाने बताएकी छन्। संशोधनको अर्को उद्देश्य दुई व्यक्तिभन्दा बढीको जमघटमा प्रतिबन्धलाई कडा पार्नु र निजी परिसरमा पनि दुई भन्दा बढी परिवारको क्रस-होल्ड भेलामा प्रतिबन्ध लगाउनु रहेको बताइन्।

कानून उल्लङ्घन गर्नेलाई ५ हजार बढाएर १० हजार डलर जरिवाना पुर्याएको लामले जानकारी दिएकी छन्।

लामले सरकारले महामारी विरोधी कोषको लागि २६ बिलियन डलर  संसदबाट स्वीकृति लिने बताएकी छन्।

यसैबीच, सरकारले रोजगार नभएका बेरोजगारीहरूलाई पहिलो पटक १० हजार हङकङ डलर अनुदान दिने तयारी गरिरहेको जनाएकी छन्। यद्यपि, अधिकारीहरूले अझै कार्यान्वयन विवरणहरूमा काम गरिरहेको बताएकी छन्।

सरकारी अनुदान पाउनेहरुमा किसान, पर्यटन र यातायात क्षेत्र पनि रहेका छन्। महामारी विरुद्धको लडाईमा सामेल हुने फ्रन्टलाइन कामदारहरूले पनि नगद अनुदानहरू प्राप्त गर्नेछन्। सुरक्षा गार्डहरू, क्लिनरहरू, संक्रमणको उच्च जोखिममा रहेका कर्मचारीहरू, जस्तै विमानस्थलका कामदारहरूले पाँच महिनामा १० हजार डलर पाउनेछन्। प्रस्तावहरू आगामी मंगलबार व्यवस्थापिका संसदको अर्थ समितिमा पेस हुने जनाइएको छ।

त्यसै गरी, सेन्टर फर हेल्थ प्रोटेक्शनले मंगलवार कोभिड-१९ को ६२५ केस दर्ज भएको जानकारी दिएको छ। आज पनि ५०० प्रारम्भिक केसहरू पुष्टि भएका छन्।

स्वास्थ्य अधिकारीहरूले अधिकांश केसहरू पारिवारिक जमघटमा खानापिना र कामसंग सम्बन्धित रहेका छन्। परिवारको खानापिना र कामसँग सम्बन्धित कम्तिमा १९ ठूला समूहबाट ३६७ केसहरू पत्ता लागेको जनाएका छन्।

सबैभन्दा धेरै मानिस भएको समूहको प्रकोप ४७ जनामा पुगेको छ। संक्रमणको स्रोत नखुलेको केस संख्या ८९८ पुगेको छ। मुख्य रूपमा उनीहरु शा टिन, शाम शुई पो, क्वाई त्सिङ्, र काउलुनका बासिन्दा रहेका छन्।

सेन्टर फर हेल्थ प्रोटेक्शनका डा चुआङ शुक-क्वानले १५ केसहरू डेल्टा भेरियन्टका र अन्य केसह ओमिक्रोन भेरियन्टका रहेको जानकारी दिएकी छन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

48423