अपडेटः हङकङमा रेकर्ड तोड्दै एकै दिन थपिए १३२५ संक्रमित, थप २ विरामीको मृत्यु, २ विरामीको अवस्था चिन्ताजनक..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ११ फेब्रुअरी । हङकङले रेकर्ड तोड्दै शुक्रबार १ हजार ३२५ पुष्टि भएका केसहरू थपेको छ। कोभिड प्रकोपपछि हङकङमा यो संख्या अहिलेसम्म कै उच्च रेकर्ड हो।

सेन्टर फर हेल्थ प्रोटेक्शनले कोभिड-१९ को १ हजार ३२५ केस दर्ज भएको जानकारी दिएको छ। आज पनि करीब १५०० भन्दा बढी प्रारम्भिक केसहरू पुष्टि भएका छन्।

सेन्टर फर हेल्थ प्रोटेक्शनका डा चुआङ शुक-क्वानले २ मात्र आयातित केस र १३२३ स्थानीय केसहरू पुष्टि भएको जानकारी दिइन्। डा चुआङका अनुसार १२७० केसहरू ओमिक्रोन र २४ केसहरू डेल्टा भेरियन्टका रहेका छन्।

डा चुआङका अनुसार प्रायः केसहरू क्वाई चिङ, शाम शुई पो, शा टिन, वोंग ताई सिन र ट्युन मुनबाट रहेका छन्।

अस्पताल प्राधिकरणले एक पुरुष र एक महिला संक्रमित गरी २ जनाको मृत्यु भएको जनाएको छ। २ विरामीको अवस्था चिन्ताजनक र ११ बिरामीको अवस्था गम्भीर रहेको छ।

कोरोनाबाट हङकङमा मृत्यु हुनेको संख्या २१८ पुगेको छ। १८९३ जना विरामीको उपचार भइरहेको छ। २२७ जना अस्पतालबाट डिस्चार्ज भएका छन्।





Comments

comments

48484