प्रत्येक हङकङवासीलाई १५ हजार हङकङ डलर दिन सुझाव…!

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ११ फेब्रुअरी । डेमोक्र्याटिक पार्टीले सरकारसमक्ष बजेट घोषणा हुनुअघि प्रत्येक हङकङवासीलाई १५ हजार हङकङ डलर दिन सुझाव दिएको छ।

प्रतीकात्मक फोटो

डेमोक्र्याटिक पार्टीले सरकारसमक्ष प्रस्तुत गरेका ३६ मध्ये १२ सिफारिसहरू कोभिडसंग सम्बन्धित छन्। जसमा प्रत्येक हङकङबासीलाई १५ हजार हङकङ डलर दिन, प्रत्येक भवनमा सरसफाइ र कीटाणुशोधनका लागि २० हजार हङकङ डलर अनुदान दिनलगायत समावेश छन्।

डेमोक्र्याटिक पार्टीले शुक्रबारको पत्रकार सम्मेलनमा ६ महिनासम्म महामारीविरुद्धको कोषमार्फत रोजगार नभएका बेरोजगारीलाई क्रमशः १० हजार हङकङ डलर अनुदान र ५ हजार हङकङ डलर भत्ता जारी गर्नसमेत सुझाव दिएको छ।

डेमोक्र्याटिक पार्टीले २३ फेब्रुअरीमा वित्तीय प्रमुख पल चान मो-पोले घोषणा गर्ने बजेट 2022/23 लाई लक्षित गरी उक्त प्रस्तावहरु सिफारिस गरेको हो।





Comments

comments

48490