हङकङले आठ देशको उडानमाथि फेरि लगायो प्रतिबन्ध, नेपाल पनि थपिए…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १२ फेब्रुअरी । हङकङ सरकारले आठ देशको उडानमाथि लगाएको प्रतिबन्धलाई शुक्रवार पुनः लम्ब्याएको छ।

कोभिड–१९ को बढ्दो प्रकोपलाई लिएर चिन्ता व्यक्त गर्दै संयुक्त राज्य अमेरिका र बेलायतलगायत आठ देशबाट आउने उडानको प्रतिबन्धलाई लम्ब्याएको जनाएको छ।

साथै नेपालको उडानलाई मार्च ४ सम्म प्रतिबन्ध लगाएको छ। अन्य देशहरूमा अष्ट्रेलिया, क्यानडा, फ्रान्स, भारत, पाकिस्तान र फिलिपिन्स छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?





Comments

comments

48504