कोरोनाबाट युन लङमा ४ बर्षीय बालकको मृत्यु..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १२ फेब्रुअरी । कोरोनाबाट युन लङमा ४ बर्षीय बालकको दुःखद मृत्यु भएको छ।

कोरोनाबाट ४ बर्षीय बालकको मृत्यु भएको पोक ओइ अस्पतालले शुक्रवार पुष्टि गरेको छ।

बालकको नासोफरिन्जियल स्रावमा कोभिड भाइरस रहेको पाइएको थियो। र उनी हालसम्म हङकङमा मृत्यु हुने सम्भवत: सबैभन्दा कान्छो व्यक्ति बन्न सक्छ भनिएको छ।

युन लङको ताई टोङ रोडस्थित जेड भ्यू भिल्ला घरमा बान्ता गरेर बेहोस भएपछि उनलाई पोक ओई अस्पताल लगिएको थियो। उपचारको क्रममा उनको मृत्यु भएको जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?





Comments

comments

48508