हङकङ सरकारले जागिर गुमेकालाई HK$ १०,००० दिने..!

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १४ फेब्रुअरी । हङकङ सरकारले कोभिड-१९ महामारीका कारण जागिर गुमेकालाई HK$ १०,००० आर्थिक सहायता उपलब्ध गराउंने भएको छ।

HK$ १०,००० एक पटकको भुक्तानीको लागि योग्य हुन आवेदकहरू कम्तिमा एक महिना बेरोजगार भएको हुनु पर्नेछ।

उनीहरु बेरोजगार हुनुअघि उनीहरुको मासिक तलब HK$ ३०,००० भन्दा कम हुनु पर्नेछ। आवेदन मार्च महिनामा खोल्ने जनाइएको छ।

सरकारले मंगलबार विधान परिषद्को वित्त समितिबाट स्वीकृति लिएपछि महामारी नियन्त्रण कोषबाट आर्थिक सहायता उपलब्ध गराउंने जनाएको छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

48559