हङकङमा थपिए एकै दिन २,०७१ संक्रमित, आजको प्रारम्भिक केस करीब ४,५००, थप चारको मृत्यु..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १४ फेब्रुअरी । हङकङले सोमबार २ हजार ७१ पुष्टि भएका केसहरू थपेको छ। त्यसै गरी, झण्डै ४ हजार ५०० प्रारम्भिक केसहरू पुष्टि भएका छन्।

सेन्टर फर हेल्थ प्रोटेक्शनले कोभिड-१९ को २ हजार ७१ केस दर्ज भएको जानकारी दिएको छ।

सेन्टर फर हेल्थ प्रोटेक्शनका डा चुआङ शुक-क्वानले १९ आयातित केस रहेका छन्। तिनीहरुमा धेरैजसो इन्डोनेसियाबाट आएका रहेका छन्। २,०५२ स्थानीय केसहरू पुष्टि भएको जानकारी दिइन्। डा चुआङका अनुसार सम्भवतः १९५७ केसहरू ओमिक्रोन र ३२ केसहरू डेल्टा भेरियन्टका रहेका छन्। बाँकी केसहरू अझै परीक्षणमै रहेका छन्। आज पनि झण्डै ४,५०० प्रारम्भिक केसहरू पुष्टि भएका छन्।

अस्पताल अथोरिटीले थप ४ जना पुरुष वृद्ध विरामीको कोभिडबाट मृत्यु भएको जनाएको छ। यससंगै हङकङमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२३ पुगेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

.





Comments

comments

48566