कोभिडका बिरामीलाई निःशुल्क ट्याक्सी..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १६ फेब्रुअरी । हङकङमा कोभिड-१९ को ९ जना विरामीको मृत्यु भएको छ। मृत्यु हुनेमा ३ बर्षीया बालिका र ३७ बर्षीय पुरुषसहित ७२ देखि १०० वर्ष उमेरबीचका बृद्धबृद्धा रहेका छन्।

हङकङले बुधवार बार कोभिड-१९ को ४,२८५ पुष्टि भएका केसहरू थपेको छ। त्यसै गरी, झण्डै ७,००० प्रारम्भिक केसहरु थपिएका छन्। जुन महामारी पछि कै उच्च रेकर्ड हो।

सेन्टर फर हेल्थ प्रोटेक्शनले कोभिड-१९ को ४,२८५ केस दर्ज भएको जानकारी दिएको छ। यससंगै हङकङमा कोभिड-१९ को कूल संक्रमित संख्या २६,६७० पुगेको छ।

सेन्टर फर हेल्थ प्रोटेक्शनका डा चुआङ शुक-क्वानले ४,२८५ स्थानीय केसहरू पुष्टि भएको जानकारी दिइन्। तिमध्ये ४२६४ स्थानीय र २१ आयातित रहेका छन्। डा चुआङका अनुसार सम्भवतः ३१३८ केसहरू ओमिक्रोन र ४८ केसहरू डेल्टा भेरियन्टका रहेका छन्। बाँकी केसहरू अझै परीक्षणमै रहेका छन्। अपरान्ह ४ बजेसम्म झण्डै ७,००० प्रारम्भिक पोजिटिभ केसहरू थपिएका छन्।

अस्पताल प्राधिकरणले कोभिडका २६५४ बिरामीहरूको नर्थ लान्ताउ अस्पताल हङकङ संक्रमण नियन्त्रण केन्द्र, एचए संक्रामक रोग केन्द्र र एशिया वर्ल्ड एक्सपो र हङकङ सार्वजनिक अस्पतालहरूमा उपचार भइरहेको जनाएको छ। पेनी बे आइसोलेसन सेन्टरमा हाल २००० व्यक्ति रहेका छन्। ४५ देखि ९१ वर्ष उमेरबीचका १७ बिरामीहरूको अवस्था गम्भीर रहेको जनाएको छ।

कोरोनाबाट हङकङमा मृत्यु हुनेको संख्या २३५ पुगेको छ।

कोभिडका बिरामीलाई निःशुल्क ट्याक्सी..

सरकारले तोकेका ३ सय विशेष ट्याक्सीले शुक्रबार (१८ तारिख) देखि ७ तोकिएका क्लिनिक र निवाससम्म निःशुल्क यातायात सेवा दिने भएको छ। यातायात र आवास ब्यूरोले उपलब्ध गराउँने यि ट्याक्सीहरुले अन्य सर्वसाधारण यात्रुलाई भने बोक्ने छैनन्।

Seven clinics:
– Shau Kei Wan Jockey Club General Out-patient Clinic
– Kennedy Town Jockey Club General Out-patient Clinic
– Robert Black General Out-patient Clinic
– Kowloon Bay Health Centre General Out-patient Clinic
– South Kwai Chung Jockey Club General Out-patient Clinic
– Yuen Chau Kok General Out-patient Clinic
– Tin Shui Wai (Tin Yip Road) Community Health

Hotline at 3693 4770 (8am to 10pm)

.





Comments

comments

48609