Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
हङकङमा एकै दिन थपिए ६,११६ संक्रमित, थप १५ जना विरामीको मृत्यु, १० को अवस्था चिन्ताजनक.. – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

हङकङमा एकै दिन थपिए ६,११६ संक्रमित, थप १५ जना विरामीको मृत्यु, १० को अवस्था चिन्ताजनक..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १७ फेब्रुअरी । हङकङमा कोभिडको अवस्था निकै गम्भीर हुदै गएको छ। हङकङमा २४ घण्टाभित्र कोभिड-१९ को थप १५ जना विरामीको मृत्यु भएको छ।

मृत्यु हुनेमा ३६ देखि ९८ वर्ष उमेरबीचका रहेका छन्। ३६ वर्षीय विरामी दीर्घ रोगी थिए।

सेन्टर फर हेल्थ प्रोटेक्शनका डा चुआङ शुक-क्वानले विहीवार कोभिड-१९ को ६,११६ केस दर्ज भएको जानकारी दिएकी छन्। जुन महामारी पछि कै उच्च रेकर्ड हो। यससंगै हङकङमा कोभिड-१९ को कूल संक्रमित संख्या ३०,९५५ पुगेको छ।

डा चुआङका अनुसार संक्रमित ६१०७ स्थानीय र ९ आयातित रहेका छन्। तिमध्ये ३३६६ केसहरू ओमिक्रोन र ३५ केसहरू डेल्टा भेरियन्टका रहेका छन्। बाँकी केसहरू अझै परीक्षणमै रहेका छन्। अपरान्ह ४ बजेसम्म झण्डै ६,३०० प्रारम्भिक पोजिटिभ केसहरू थपिएका छन्।

अस्पताल प्राधिकरणले कोभिडका २८६६ बिरामीहरूको नर्थ लान्ताउ अस्पताल हङकङ संक्रमण नियन्त्रण केन्द्र, एचए संक्रामक रोग केन्द्र र एशिया वर्ल्ड एक्सपो र हङकङ सार्वजनिक अस्पतालहरूमा उपचार भइरहेको जनाएको छ। पेनी बे आइसोलेसन सेन्टरमा हाल २१०० व्यक्ति रहेका छन्।

१० विरामीको अवस्था चिन्ताजनक र झण्डै ६० जना विरामीको अवस्था गम्भीर रहेको जनाएको छ।

विगत १४ दिनमा पुष्टि भएका केसमध्ये १७% १८ वर्ष मुनि उमेरका रहेका छन्। जसमध्ये ९% ६ वर्ष वा सोभन्दा कम उमेरका बालबालिका रहेका छन्।

स्रोतका अनुसार विरामीको बढ्दो चापका कारण १०,००० भन्दा बढी कोभिडका बिरामीहरुले अस्पताल वा आइसोलेसन केन्द्रमा भर्ना पाएका छैनन्। उनीहरुले लामो समयदेखि आफ्नो पालो पर्खिरहेका छन्। हिजो पनि ४,२८५ संक्रमित र झण्डै ७,००० प्रारम्भिक केसहरु थपिएका थिए।

.





Comments

comments

48633