Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
हङकङमा थपिए ३,६२९ संक्रमित, थप १० जना विरामीको मृत्यु, १० को अवस्था चिन्ताजनक.. – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

हङकङमा थपिए ३,६२९ संक्रमित, थप १० जना विरामीको मृत्यु, १० को अवस्था चिन्ताजनक..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १८ फेब्रुअरी । हङकङमा २४ घण्टाभित्र कोभिड-१९ को थप १० जना विरामीको मृत्यु भएको छ। मृत्यु हुनेमा ६२ देखि ९६ वर्ष उमेरबीचका रहेका छन्।

सेन्टर फर हेल्थ प्रोटेक्शनका डा चुआङ शुक-क्वानले शुक्रवार कोभिड-१९ को ३६२९ केस दर्ज भएको जानकारी दिएकी छन्। यससंगै हङकङमा कोभिड-१९ को कूल संक्रमित संख्या ३७,०७१ पुगेको छ।

डा चुआङका अनुसार संक्रमित ३६२७ स्थानीय र २ आयातित रहेका छन्। तिमध्ये २१३६ केसहरू ओमिक्रोन र ५२ केसहरू डेल्टा भेरियन्टका रहेका छन्। बाँकी केसहरू अझै परीक्षणमै रहेका छन्। अपरान्ह ४ बजेसम्म झण्डै ७६०० प्रारम्भिक पोजिटिभ केसहरू थपिएका छन्।

अस्पताल प्राधिकरणले २४ घण्टामा १० जना विरामीको मृत्यु भएको जनाएको छ। १० विरामीको अवस्था चिन्ताजनक रहेको छ। कोरोनाबाट हङकङमा मृत्यु हुनेको कुल संख्या २३८ पुगेको छ।

अस्पताल प्राधिकरणले कोभिडका ३०९९ बिरामीहरूको नर्थ लान्ताउ अस्पताल हङकङ संक्रमण नियन्त्रण केन्द्र, एचए संक्रामक रोग केन्द्र र एशिया वर्ल्ड एक्सपो र हङकङ सार्वजनिक अस्पतालहरूमा उपचार भइरहेको जनाएको छ। पेनी बे आइसोलेसन सेन्टरमा हाल २२०० व्यक्ति रहेका छन्। २५१ जना बिरामी निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्।

.





Comments

comments

48645