हङकङमा डोमेस्टिक हेल्परलाई जाडोमा सडकको बास..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २० फेब्रुअरी । कोभिड-१९ संक्रमण भएका कम्तिमा एक दर्जन विदेशी घरेलु सहयोगीहरु जाडोको बेलामा सडकमा बास बस्न बाध्य भएका छन्।

कोभिड संक्रमित भएपछि रोजगारदाताहरूले उनीहरूलाई घरमा बस्न नदिएपछि उनीहरु सडकमा बस्न बाध्य भएका हुन्।

हङकङमा दैनिक संक्रमण बढ्दै जाँदा सार्वजनिक अस्पताल र सामुदायिक आइसोलेसन केन्द्रहरू भरिएका छन्। कोभिड-१९ का हल्का लक्षण भएका बिरामीहरूलाई क्वारेन्टिनका लागि घरमै बस्न सल्लाह दिइएको छ। तर, रोजगारदाताहरु आफैं सुरक्षित नदेखिएपछि संक्रमित सहयोगीलाई घरमा बस्न दिन अस्वीकार गरेको बुझिएको छ।

आप्रवासी कामदारहरूको लागि मिसनका प्रवक्ताले उनीहरूले अस्पतालको इमरजेन्सी विभाग वा सडकमा भोकभोकै सुत्नु परेको स्थानीय मिडियालाई बताएका छन्। उनीहरुको अबस्थाबारे जानकारीमा आएपछि संस्थाबाट सहयोगको पहल शुरु भएको जनाइएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

.





Comments

comments

48679