हङकङमा थपिए ६,०६७ संक्रमित, थप १४ जना विरामीको मृत्यु, १० को अवस्था चिन्ताजनक..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २० फेब्रुअरी । हङकङमा २४ घण्टाभित्र कोभिड-१९ बाट ६,०६७ संक्रमित र थप १४ जना विरामीको मृत्यु भएको छ।

सेन्टर फर हेल्थ प्रोटेक्शनका डा चुआङ शुक-क्वानले शुक्रवार कोभिड-१९ को ६,०६७ केस दर्ज भएको जानकारी दिएकी छन्। यससंगै हङकङमा कोभिड-१९ को कूल संक्रमित संख्या ४६,७६३ पुगेको छ।

डा चुआङका अनुसार संक्रमित ६०५५ स्थानीय र १२ आयातित रहेका छन्। तिमध्ये ३२ केसहरू डेल्टा र ३१८८ केसहरू ओमिक्रोन भेरियन्टका रहेका छन्। बाँकी केसहरू अझै परीक्षणमै रहेका छन्।

अस्पताल प्राधिकरणले २४ घण्टामा १४ जना विरामीको मृत्यु भएको जनाएको छ। १० जना विरामीको अवस्था चिन्ताजनक रहेको छ। दर्जनौं विरामीको अवस्था गम्भीर रहेको जनाएको छ। कोरोनाबाट हङकङमा मृत्यु हुनेको कुल संख्या २७६ पुगेको छ।

अस्पताल प्राधिकरणले नर्थ लान्ताउ अस्पताल हङकङ संक्रमण नियन्त्रण केन्द्र, एचए संक्रामक रोग केन्द्र र एशिया वर्ल्ड एक्सपो र हङकङ सार्वजनिक अस्पतालहरूमा गरी कोभिडका ३६०१ बिरामीहरूको उपचार भइरहेको जनाएको छ। पेनी बे आइसोलेसन सेन्टरमा २३०० र चुन वान आइसोलेसन सेन्टरमा हाल २०० जना विरामी रहेका छन्।

२२७ जना बिरामी निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्।

.





Comments

comments

48683