Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
कोरोनाबाट हङकङमा ११ महिने शिशुसहित थप १३ जनाको मृत्यु.. – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

कोरोनाबाट हङकङमा ११ महिने शिशुसहित थप १३ जनाको मृत्यु..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २१ फेब्रुअरी । नेपालसहित अन्य देशहरुमा कोरोना घटिरहेको अवस्थामा हङकङमा भने तीव्ररुपमा फैलिदै गएको छ।

कोरोना प्रकोप फैलिदै जाँदा सबैभन्दा बढी बृद्धबृद्धा, दीर्घरोगी र बालबालिकाहरुमा जोखिम देखिएको छ। पछिल्लो समयमा सबैभन्दा बढी मृत्यु हुनेमा यिनै समूहका रहेका छन्। आज पनि ११ महिनाकी शिशुक्रो मृत्यु भएको छ। उनमा कोरोना पुष्टि भएको जनाइएको छ। हङकङमा कोरोनाबाट मृत्यु हुनेमा उनी सबैभन्दा कान्छी रहेकी छन्। यसअघि, ३ बर्षीया बालिका र ४ बर्षीय बालकको कोरोनाबाट मृत्यु भएको थियो।

२४ घण्टाभित्र हङकङमा कोभिड-१९ बाट ७,५३३ संक्रमित र थप १३ जना विरामीको मृत्यु भएको छ।

सेन्टर फर हेल्थ प्रोटेक्शनका डा. अल्बर्ट अयूले सोमबार कोभिड-१९ को ७,५३३ केस दर्ज भएको जानकारी दिए। यससंगै हङकङमा कोभिड-१९ को कूल संक्रमित संख्या ५२,८३० पुगेको छ। संक्रमितमध्ये २० केसहरू डेल्टा भेरियन्टका रहेका छन्।

अस्पताल प्राधिकरणले २४ घण्टामा ११ महिना र ९७ वर्ष उमेरबीचका ७ पुरुष र ६ महिला गरी १३ जना विरामीको मृत्यु भएको जनाएको छ। कोरोनाबाट सार्वजनिक अस्पतालमा मृत्यु हुनेको कुल संख्या ३११ पुगेको छ।

अस्पताल प्राधिकरणले नर्थ लान्ताउ अस्पताल हङकङ संक्रमण नियन्त्रण केन्द्र, एचए संक्रामक रोग केन्द्र र एशिया वर्ल्ड एक्सपो र हङकङ सार्वजनिक अस्पतालहरूमा गरी कोभिडका ३८०३ बिरामीहरूको उपचार भइरहेको जनाएको छ। पेनी बे आइसोलेसन सेन्टरमा २१०० बढी र चुन वान आइसोलेसन सेन्टरमा हाल २०० बढी विरामी रहेका छन्।

२६० जना बिरामी निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्।

.

.





Comments

comments

48701