हङकङमा विहीबारदेखि नयाँ नियम, भ्याक्सिन पास अनिवार्य..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २१ फेब्रुअरी । हङकङमा विहीबार (Feb 24) देखि नयाँ नियम लागु हुने भएको छ।

हङकङवासीहरूले शपिङ मल्ल, बजार र डिपार्टमेन्ट स्टोरहरूमा प्रवेश गर्दा हङकङ आईडी कार्डजस्तै खोप रेकर्डहरू “vaccine pass” बोक्नु पर्ने छ।

अधिकारीहरूले सोमबार भनेका छन्- इलेक्ट्रोनिक वा कागज प्रतिलिपि दुबै स्वीकार्य हुने छन्। तोकिएको परिसरमा प्रवेश गर्न कम्तिमा एक खोप लिएको रेकर्ड हुन आवश्यक छ, भनिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?





Comments

comments

48698