कोरोनाबाट हङकङमा थप ३२ जनाको मृत्यु, ६,२११ संक्रमित थपिए..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २२ फेब्रुअरी । कोभिड-१९ प्रति सर्वसाधारण जनताको बेपर्वाह बढ्न थाल्दा हङकङको स्थिति भयावह बनेको छ। लुनार न्यु इयरपछि बढ्न थालेको कोभिड महामारीको प्रकोप हङकङमा थाम्नै नसकिने गरी बढेको छ।

विज्ञहरुले कोभिडलाई सामान्य नसम्झन अपिल गर्दागर्दै पनि लापारवाही हुंदा र कोभिडलाई रुघाखोकी हो पचाइन्छ भन्ने मुर्ख मानसिकताले गर्दा समाजमा तीब्र रुपले फैलिदै छ।

हङकङ सरकारले स्थिति साम्य पार्न नसकेपछि केन्द्र सरकार चीनलाई गुहार्न वाध्य भएको छ। चीनले कोभिडविरुद्ध लड्न हङकङलाई सहयोगको थालनीसमेत शुरु गरिसकेको छ।

२४ घण्टाभित्र हङकङमा कोभिड-१९ बाट ६,२११ संक्रमित र थप ३२ जना विरामीको मृत्यु भएको छ। यो भनेको हङकङ जस्तो सानो ठांउको लागि ज्यादै चिन्ता र चुनौतीको विषय हो। हिजो सोमवार पनि कोभिड-१९ को ७,५३३ केस थपिएका थिए भने ११ महिनाकी शिशुसहित १३ जनाको मृत्यु भएको थियो।

अस्पताल प्राधिकरणले २४ घण्टामा ४५ देखि १०३ वर्ष उमेरबीचका १७ पुरुष र १५ महिला गरी ३२ जना विरामीको मृत्यु भएको जनाएको हो।कोरोनाको पाँचौं लहरमा मात्रै सार्वजनिक अस्पतालमा मृत्यु हुनेको संख्या १४५ पुगेको छ। कोरोनाबाट हालसम्म सार्वजनिक अस्पतालमा मृत्यु हुनेको कुल संख्या ३५० पुगेको छ।

सेन्टर फर हेल्थ प्रोटेक्शनका डा चुआङ शुक-क्वानले आज कोभिड-१९ को ६,२११ केस दर्ज भएको जानकारी दिएकी छन्। यससंगै हङकङमा कोभिड-१९ को कूल संक्रमित संख्या ६०,३६३ पुगेको छ।

डा चुआङका अनुसार ६,२११ संक्रमितमध्ये ३ आयातित रहेका छन्। तिमध्ये ३१ डेल्टा र ३६२१ केसहरू ओमिक्रोन भेरियन्टका रहेका छन्। बाँकी केसहरू अझै परीक्षणमै रहेका छन्। आज बिहान १२ बजेसम्म कोभिड–१९ को ९,३६९ प्रारम्भिक पोजिटिभ केसहरू थपिएका छन्।

अस्पताल प्राधिकरणले नर्थ लान्ताउ अस्पताल हङकङ संक्रमण नियन्त्रण केन्द्र, एचए संक्रामक रोग केन्द्र र एशिया वर्ल्ड एक्सपो र हङकङ सार्वजनिक अस्पतालहरूमा गरी कोभिडका ३९७७ बिरामीहरूको उपचार भइरहेको जनाएको छ। पेनी बे आइसोलेसन सेन्टरमा १९०० र चुन वान आइसोलेसन सेन्टरमा हाल २५० भन्दा बढी विरामी रहेका छन्।

अस्पताल प्राधिकरणका अनुसार १९ जना विरामीको अवस्था चिन्ताजनक र ३० जना विरामीको अवस्था गम्भीर रहेको जनाएको छ। २९१ जना बिरामी निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्।

.

.





Comments

comments

48718