लोकगायक तथा कलाकार जयनन्द लामाको निधन

एचकेनेपाल डट कम –

लोकगायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ।

गएराति बौद्धबाट घर फर्किएका लामा आफ्नै घर अगाडि कारबाट ओर्लदै गर्दा लडेर मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

राति गाडीबाट लडेर बेहोस भएपनि परिवारजनले बिहान मात्रै थाहा पाएको बताईएको छ। लामाको हृदयघातका कारण निधन भएको हुन सक्ने अनुमान गरे पनि प्रहरी अनुसन्धान जारी छ।

सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका लामाले थुप्रै मौलिक लोकगीत गाउनुका साथै चलचित्र र टेलिश्रृंखलामा अभिनयसमेत गरेका छन्।

लामाका कलकत्ते काइँयो, चुइँ चुइँ चुइँकने जुत्ता, सलल पानी, लाउरे गगनको, पानीमुनि घुमाउने साँचो, मुलाको चाना लगायत थुप्रै लोकगीतहरु चर्चित छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

48749