हङकङ सरकारले फेरि HK$ 10000 बाँड्ने…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २३ फेब्रुअरी । हङकङ सरकारले फेरि आफ्ना नागरिकलाई १० हजार हङकङ डलर बाँड्ने भएको छ।

हङकङ सरकारले १८ बर्ष पुगेका स्थायी बासिन्दाहरू र नयाँ आप्रवासीहरूलाई दुई किस्तामा १० हजार हङकङ डलरको उपभोग भाउचर (electronic consumption vouchers) उपलब्ध गराउने भएको छ।

वित्त सचिव पल चान मो-पोले बुधबार आफ्नो बजेट भाषणमा पहिलो किस्ता ५ हजार हङकङ डलर अप्रिलमा र दोस्रो किस्ता ५ हजार हङकङ डलर अगष्ट महिनामा दिइने घोषणा गरेका हुन्।

अप्रिल सम्ममा १८ वर्ष नपुगेका तर जुलाई सम्ममा पुगेकाहरूले पनि त्यतिन्जेलसम्म पहिलो किस्ता दाबी गर्न सक्ने छन्।

सरकारले गत साल दिएको ५ हजार हङकङ डलरभन्दा दोब्बर बढाएर १० हजार डलर पुर्याएको हो। कोभिड-१९ को प्रकोपको बेला सरकारले आफ्ना नागरिकलाई राहतस्वरुप सो रकम उपलव्ध गराएको हो।

गत सालजस्तै १० हजार डलरको भाउचर किस्ताबन्दी रुपमा अक्टोपस, अलिपे, वीच्याट पे र ट्याप एण्ड गोमार्फत प्राप्त गर्न सकिने छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

48745