पल शाहविरुद्ध समीक्षाले दिइन् किटानी जाहेरी..!

अभिनेता पल शाहविरुद्ध गायिका समीक्षा अधिकारीले किटानी जाहेरी दिएकी छन्।

गायिका समिक्षा अधिकारी र उनकी परिवारले अभिनेता पल शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दर्ता गराएका हुन्।

यसअघि, उनीहरु जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दर्ता गर्न जाँदा स्वीकार गर्न नमिल्ने बताएपछि घटना भएको जिल्ला तनहुं पुगेर जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दर्ता गरिएको जनाइएको छ।

एउटा म्यूजिक भिडियोको सुटिङका सिलसिलामा तनहुँ गएका बेला शाहले विबाहको प्रलोभनमा पारी ‘फकाएर’ जबर्जस्ती करणी गरेको अभियोग शाहमाथि छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

48752