हङकङमा कोरोना संक्रमितको नयाँ रेकर्ड ८,६७४ संक्रमित थपिए, थप २४ जनाको मृत्यु..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २३ फेब्रुअरी । २४ घण्टाभित्र हङकङमा कोभिड-१९ बाट ८,६७४ संक्रमित र थप २४ जना विरामीको मृत्यु भएको छ।

अस्पताल प्राधिकरणले २४ घण्टामा ५२ देखि ९७ वर्ष उमेरबीचका १६ पुरुष र ८ महिला गरी २४ जना विरामीको मृत्यु भएको जनाएको हो। तीमध्ये २१ जना ६५ वर्षभन्दा माथिका थिए। ६ जनाले २ डोज खोप लिएका थिए भने १ जनाले एक डोज खोप लिएका थिए।

कोरोनाको पाँचौं लहरमा मात्रै सार्वजनिक अस्पतालमा मृत्यु हुनेको संख्या १८८ पुगेको छ। कोरोनाबाट हालसम्म सार्वजनिक अस्पतालमा मृत्यु हुनेको कुल संख्या ३९३ पुगेको छ।

सेन्टर फर हेल्थ प्रोटेक्शनका डा चुआङ शुक-क्वानले आज कोभिड-१९ को ८,६७४ केस दर्ज भएको जानकारी दिएकी छन्। यससंगै हङकङमा कोभिड-१९ को कूल संक्रमित संख्या ७५,२४८ पुगेको छ।

डा चुआङका अनुसार ८,६७४ संक्रमितमध्ये ३ आयातित रहेका छन्। तिमध्ये ३० डेल्टा र ५४२८ केसहरू ओमिक्रोन भेरियन्टका रहेका छन्। बाँकी केसहरू अझै परीक्षणमै रहेका छन्।

अस्पताल प्राधिकरणले हङकङका विभिन्न अस्पतालहरूमा कोभिडका ४२३४ बिरामीहरूको उपचार भइरहेको जनाएको छ। पेनी बे आइसोलेसन सेन्टरमा १६०० र चुन वान आइसोलेसन सेन्टरमा हाल २४० भन्दा बढी विरामी रहेका छन्।

२४ जना विरामीको अवस्था चिन्ताजनक र ४३ जना विरामीको अवस्था गम्भीर रहेको प्राधिकरणले जनाएको छ। २७५ जना बिरामी निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्।

.

.





Comments

comments

48755