Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
हङकङमा एकै दिन थपिए १०,०१० संक्रमित, ४७ जनाको मृत्यु, ५१ विरामीको अवस्था चिन्ताजनक.. – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

हङकङमा एकै दिन थपिए १०,०१० संक्रमित, ४७ जनाको मृत्यु, ५१ विरामीको अवस्था चिन्ताजनक..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २५ फेब्रुअरी । २४ घण्टाभित्र हङकङमा कोभिड-१९ का १०,०१० संक्रमित थपिएका छन्। एकै दिनमा संक्रमितको संख्या १० हजार नाघेको यो पहिलो पटक हो। त्यसैगरी, ४९ जना कोरोना संक्रमित विरामीको मृत्यु भएको छ।

मृत्यु हुनेमा हिजो (२४) जानकारी गराइएका ९ वर्षीय बालकसहित ४७ जना रहेका छन्।

अस्पताल प्राधिकरणले २४ घण्टामा ९ देखि १०० वर्ष उमेरबीचका २७ पुरुष र २० महिला गरी ४९ जना विरामीको मृत्यु भएको जनाएको हो।

कोरोनाको पाँचौं लहरमा मात्रै सार्वजनिक अस्पतालमा मृत्यु हुनेको संख्या ३१४ पुगेको छ। कोरोनाबाट हालसम्म सार्वजनिक अस्पतालमा मृत्यु हुनेको कुल संख्या ५१९ पुगेको छ।

सेन्टर फर हेल्थ प्रोटेक्शनका डा चुआङ शुक-क्वान अनुसार १०,०१० संक्रमितमध्ये ४ आयातित रहेका छन्। तिमध्ये ९ डेल्टा र ५०८६ केसहरू ओमिक्रोन भेरियन्टका रहेका छन्। बाँकी केसहरू अझै परीक्षणमै रहेका छन्।

अस्पताल प्राधिकरणले हङकङका विभिन्न अस्पतालहरूमा कोभिडका ५०५० बिरामीहरूको उपचार भइरहेको जनाएको छ। पेनी बे आइसोलेसन सेन्टरमा १००० र चुन वान आइसोलेसन सेन्टरमा हाल ४२० भन्दा बढी विरामी रहेका छन्।

५१ जना विरामीको अवस्था चिन्ताजनक र ४८ जना विरामीको अवस्था गम्भीर रहेको प्राधिकरणले जनाएको छ। २९० जना बिरामी निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्।

.

.





Comments

comments

48798