हङकङमा लकडाउनको तयारी..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १ मार्च । हङकङमा कोभिड-१९ तीब्रत्तर बढ्दै जाँदा अनेक हल्ला फैलिन थालेका छन्।

शहरमा लकडाउन हुने हल्लाले हिजो धेरै बजार रित्तिए। सुपरमार्केट नखुल्दै बाहिर मान्छेका ताँती बढ्न थाले।

तर सरकारी अधिकारीहरुले नागरिकलाई नआतिन आग्रह गरेका छन्। लकडाउन भइ हाले पनि विगतमा चीनमा भएजस्तो कडा हुने छैन।

जनतालाई आवश्यक कामको लागि बाहिर जान, खाना किन्न वा क्लिनिकहरूमा जान अनुमति दिइने छ। र खाद्य आपूर्तिहरू भण्डारण गर्न आवश्यक पर्ने छैन। स्रोतका अनुसार हङकङमा सम्भवत: आगामी मार्च १७ तारिखदेखि ९ दिने “नरम” लकडाउन (“soft” lockdown) हुन सक्ने जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?





Comments

comments

48856