कोरोनाबाट हङकङमा थप ११७ जनाको मृत्यु, ३२,५९७ संक्रमित थपिए…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १ मार्च । कोभिड-१९ बाट २४ घण्टाभित्र हङकङमा ११७ जना बिरामीको मृत्यु भएको छ। कोभिड-१९ बाट हङकङमा मृत्यु हुनेको यो संख्या अहिलेसम्म कै उच्च हो। त्यस्तै, आज कोभिडका ३२,५९७ संक्रमित थपिएका छन्।

अस्पताल प्राधिकरणका अनुसार मृत्यु हुनेमा ४७ वर्षदेखि ९९ वर्ष उमेरबीचका ६८ पुरुष र ४९ महिला रहेका छन्। मृत्यु हुनेमा बृद्धबृद्धा र दीर्घ रोगी रहेका छन्।

कोरोनाको पाँचौं लहरमा मात्रै सार्वजनिक अस्पतालमा मृत्यु हुनेको संख्या ८०८ पुगेको छ। कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १०१३ पुगेको छ।

सेन्टर फर हेल्थ प्रोटेक्शनका अनुसार ३२,५९७ संक्रमितमध्ये १ डेल्टा र १०८७ केसहरू ओमिक्रोन भेरियन्टका रहेका छन्। बाँकी केसहरू परीक्षणको क्रममै रहेका छन्।

अस्पताल प्राधिकरणले हङकङका विभिन्न अस्पतालहरूमा कोभिडका ६१२४ बिरामीहरूको उपचार भइरहेको जनाएको छ। पेनी बे आइसोलेसन सेन्टरमा ५७० विरामी रहेका छन्।

५७ जना विरामीको अवस्था चिन्ताजनक र ८८ जना विरामीको अवस्था गम्भीर रहेको प्राधिकरणले जनाएको छ। ५६९ जना बिरामी निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
.

.





Comments

comments

48860