हङकङका नागरिकलाई अर्को महिनादेखि HK$१०००० वितरण शुरु..!

एचकेनेपाल डट कम –

हङकङ, ७ मार्च । हङकङ सरकारले अप्रिलदेखि १८ बर्षमाथिका आफ्ना नागरिकहरुलाई १० हजार हङकङ डलरको इलेक्ट्रोनिक उपभोग भाउचर वितरण शुरू गर्ने भएको छ।

गत वर्षको योजनामा दर्ता भइसकेका करीव ६८ लाख हङकङवासीहरूलाई अर्को महिना ५ हजार हङकङ डलर बराबरको इलेक्ट्रोनिक उपभोग भाउचरको पहिलो किस्ता वितरण गरिने वित्तीय सचिव पल चान मो-पोले सोमवार बताए।

चानले पहिलो किस्ता ५ हजार र अक्टोपस प्लेटफर्ममा भने पहिलो किस्ता ४ हजार हङकङ वितरण गरिने जानकारी दिएका छन्। सो रकम खर्च गरिसकेपछि मे महिनापछि बाँकी १ हजारको किस्ता र अन्य किस्ता क्रमिकरुपमा वितरण गरिने छ।

गत वर्ष ५ हजार हङकङ डलरको इलेक्ट्रोनिक उपभोग भाउचर प्राप्त गरिसकेकाले फेरि आवेदन दर्ता गर्नु पर्ने छैन। सोही प्लेटफर्ममा अहिले तोकिएका रकमको भाउचर प्राप्त गर्ने छन्।

गत वर्षमा नाम दर्ता भई ५ हजार हङकङ डलर प्राप्त गरिसकेकाले अप्रिलमा र नयाँ दर्ता गर्नेले २०२२ को मध्यतिर प्राप्त गर्ने छन्।

अप्रिल सम्ममा १८ वर्ष नपुगेका तर जुलाई सम्ममा पुगेकाहरूले पनि त्यतिन्जेलसम्म पहिलो किस्ता दाबी गर्न सक्ने छन्।

सरकारले गत साल दिएको ५ हजार हङकङ डलरभन्दा दोब्बर बढाएर १० हजार डलर पुर्याएको हो। कोभिड-१९ को प्रकोपको बेला सरकारले आफ्ना नागरिकलाई राहतस्वरुप सो रकम उपलव्ध गराएको हो।

गत सालजस्तै यस पटक १० हजार डलरको भाउचर किस्ताबन्दी रुपमा अक्टोपस, अलिपे, वीच्याट पे र ट्याप एण्ड गोमार्फत प्राप्त गर्न सकिने छ।

Handling of Invalidated or Lost SVF Accounts

If people have already removed the mobile app or cancelled the e-accounts of the SVF used for collecting the consumption vouchers of the last round, they can try to reinstall the relevant mobile app or reactivate their old account. People may obtain the relevant information from the SVFs by clicking the hyperlinks below or calling the operators:

AlipayHK (Phone: 2245 3201)
Octopus (Phone: 2969 5500)
Tap&Go (Phone: 2888 0000)
WeChat Pay HK (Phone: 3929 1666)

यस सम्बन्धी थप जानकारीको लागिः https://www.consumptionvoucher.gov.hk/en/newround.html

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

48992