हङकङमा थपिए २५,१५० कोभिड संक्रमित, थप १६१ जनाको मृत्यु…

एचकेनेपाल डट कम –

हङकङ, ७ मार्च । हङकङमा आज २५,१५० नयाँ पुष्टि भएका कोभिड-१९ को केसहरु थपिएका छन्।

२४ घण्टाभित्र हङकङमा थप १६१ जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ। त्यसैगरी, ४ र ८ वर्षका २ बालिकाको कोरोनाबाट आज विहान दुखद मृत्यु भएको छ। यि दुई जनाको मृत्युको गणना भोलिको तथ्यांकमा सामेल गरिने जनाएको छ। यि दुई बालिकालाई मुटुको र थाइरोइड समस्या रहेको उल्लेख छ।

अस्पताल प्राधिकरणका अनुसार अन्य मृत्यु हुनेमा २९ वर्षदेखि १०२ वर्ष उमेरबीचका १०६ पुरुष र ५५ महिला रहेका छन्। मृत्यु हुनेमा केयर होम्समा बस्दै आएका बृद्धबृद्धासहित केही क्यान्सर, मृगौला रोगले पीडित तथा केही दीर्घ रोगीहरु रहेका छन्।

कोरोनाको पाँचौं लहरमा मात्रै सार्वजनिक अस्पतालमा मृत्यु हुनेको संख्या २०७४ पुगेको छ।

संक्रमितमध्ये ३२ आयातित, ० डेल्टा र १६९० केसहरू ओमिक्रोन भेरियन्टका रहेका छन्। बाँकी केसहरू परीक्षणको क्रममै रहेका छन्। २५ आयातित केसहरू GA 876 उडानमार्फत जकार्ताबाट मार्च ६ हङकङ आएका रहेका छन्। सो उडानलाई मार्च ८ देखि मार्च २१ सम्म हङकङमा यात्रु ल्याउन प्रतिबन्ध लगाएको छ।

७५ जना विरामीको अवस्था चिन्ताजनक र १०६ जना विरामीको अवस्था गम्भीर रहेको प्राधिकरणले जनाएको छ। ३८८ जना बिरामी निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्।





Comments

comments

49003