दुई दिन पनि टिकेन खुसी,,..

ललितपुरको कोन्ज्योसोम गाउँपालिका–४ स्थित नल्लुमा दुई दिनअघि शिशुको जन्म भएपछि स्याङ्तान परिवारमा खुसी छाएको थियो।

तर, त्यो खुसी लामो समयसम्म टिक्न सकेन । स्याङ्तान परिवारमा खुसी छर्ने शिशु र खुसी मनाउने सदस्यले नै अकालमा ज्यान गुमाएका छन्।

नल्लुका ५५ वर्षीया काँइली स्याङ्तान र नवजात शिशुसहित पाँच जनाको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको छ। नवजात शिशुलाई चिसोबाट बचाउन घरभित्र गोलको आगो बालेर सुत्दा कार्बन पोइजनिङका कारण उनीहरूको मृत्यु भएको हो।

सो गाउँपालिकाकी उपाध्यक्ष मिङ्मा लामाका अनुसार मृत्यु हुने अन्यमा काइँलीकी माहिला छोरापट्टिका छोरा नौ वर्षीय आशिष स्याङ्ता, सात वर्षीया आस्मा स्याङ्तान र कान्छी बुहारी २२ वर्षीया सुष्मा स्याङ्तान रहेका छन् । सुष्मा दुईदिने शिशुकी आमा हुन्।

दुईदिने शिशुलाई प्रसूृतिगृहबाट अघिल्लो दिन मात्र घर लगिएको थियो । ललितपुर प्रहरी परिसरका प्रवक्ता एसपी सिद्धिविक्रम शाहका अनुसार दुईदिने शिशुका बाबु २३ वर्षीय सुभाष स्याङ्तानको अवस्था गम्भीर छ । बेहोस अवस्थामा भेटिएका उनको पाटन अस्पतालमा उपचार भइरहेको छ । आजको राजधानी दैनिकमा समाचार छ।





Comments

comments

49024