हङकङमा थपिए २८,४७५ कोभिड संक्रमित, दुई बालिकासहित थप १६० जनाको मृत्यु…

एचकेनेपाल डट कम –

हङकङ, ८ मार्च । हङकङमा आज २८,४७५ नयाँ पुष्टि भएका कोभिड-१९ को केसहरु थपिएका छन्।

२४ घण्टाभित्र हङकङमा दुई बालिकासहित थप १६० जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ। हिजो बिहान मृत्यु भएका ४ र ८ वर्षका २ बालिकाहरुलाई आजको तथ्यांकमा सामेल गरिएको हो। यि दुई बालिकालाई मुटुको समस्या र थाइरोइड समस्या रहेको भनिएको छ।

अस्पताल प्राधिकरणका अनुसार मृत्यु हुनेहरुमा ४ वर्षदेखि १०५ वर्ष उमेरबीचका ९२ पुरुष र ६८ महिला रहेका छन्। मृत्यु हुनेमा केयर होम्समा बस्दै आएका बृद्धबृद्धासहित केही क्यान्सर, मृगौला रोगले पीडित तथा केही दीर्घ रोगीहरु रहेका छन्।

कोरोनाको पाँचौं लहरमा मात्रै मृत्यु हुनेको संख्या हङकङमा २३६५ पुगेको छ।

संक्रमितमध्ये ९ आयातित, ० डेल्टा र १६४३ केसहरू ओमिक्रोन भेरियन्टका रहेका छन्। बाँकी केसहरू परीक्षणको क्रममै रहेका छन्।

७४ जना विरामीको अवस्था चिन्ताजनक र १०५ जना विरामीको अवस्था गम्भीर रहेको प्राधिकरणले जनाएको छ। ७७८ जना बिरामी निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्।





Comments

comments

49032