एचकेनेपाल डट कम –
हङकङ, १० मार्च । पछिल्लो समय हङकङलाई कोभिड-१९ ले आक्रन्त पारेको बेला क्वीन इलिजावेथ अस्पताललाई हिजो बुधवारदेखि कोभिड अस्पतालमा रुपान्तरण गरिएको छ।
यतिबेला त्यहाँका एक कन्सल्टन्ट डाक्टरको भिडियो भाइरल भएको छ।
कोभिड बिरामीको थेग्नै नसक्ने चाप, बेडको अभाव, विरामीको चिन्ताजनक अवस्था र स्वास्थ्यकर्मीहरुलाई परेको कामको बोझबारे जानकारी दिने क्रममा उनी भावुक भएर भक्कानिएका हुन्।
हङकङमा दैनिक ३० देखि ५० हजारको हाराहारीमा संक्रमित थपिनु र दैनिक १५० भन्दा बढी बिरामीको मृत्यु हुनुलाई ठूलो चुनौती र जोखिमको रुपमा हेरिएको छ।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)