भक्कानिए डाक्टर!

एचकेनेपाल डट कम –

हङकङ, १० मार्च । पछिल्लो समय हङकङलाई कोभिड-१९ ले आक्रन्त पारेको बेला क्वीन इलिजावेथ अस्पताललाई हिजो बुधवारदेखि कोभिड अस्पतालमा रुपान्तरण गरिएको छ।

–

यतिबेला त्यहाँका एक कन्सल्टन्ट डाक्टरको भिडियो भाइरल भएको छ।

कोभिड बिरामीको थेग्नै नसक्ने चाप, बेडको अभाव, विरामीको चिन्ताजनक अवस्था र स्वास्थ्यकर्मीहरुलाई परेको कामको बोझबारे जानकारी दिने क्रममा उनी भावुक भएर भक्कानिएका हुन्।

हङकङमा दैनिक ३० देखि ५० हजारको हाराहारीमा संक्रमित थपिनु र दैनिक १५० भन्दा बढी बिरामीको मृत्यु हुनुलाई ठूलो चुनौती र जोखिमको रुपमा हेरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?





Comments

comments

49071