रुस युक्रेन द्वन्द्वबाट प्रभावित अधिकांश नेपालीहरुको उद्धार कार्य सम्पन्न

लण्डन । रुस युक्रेन द्वन्द्वबाट प्रभावित अधिकासं नेपालीहरुको उद्धार कार्य सम्पन्न भएको छ।

रुस युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिको बैठकलाई बुधवार साँझ सम्बोधन गर्दै जर्मनीका लागि नेपाली राजदुत रामकाजी खड्काले हाल सम्म युक्रेनबाट नेपालहरु सुरक्षित स्थानमा पुगेकाले उद्धार कार्य सम्पन्न भएको जनाउनुभयो । खड्काले अन्य देशको तुलनामा नेपालीहरुको उद्धार कार्य निकै छिटोछरितो भएका कारणले युद्धमा नेपालीहरुको ज्यान सुरक्षित रहेको बताउनु भयो । उहाँले उद्धारको कार्य सम्पन्न भए पछि उनीहरुको पुर्नस्थापना गर्ने कार्य चुनौती पूर्ण रहेको बताउनु भयो।

युद्ध शुरु भएपछि युक्रेनमा रहेका नेपालीहरु आफ्नो ज्यान बचाउन पोल्याण्ड, स्लोभाकिया, हंगेरी, स्पेन, जर्मनी, रोमानिया र माल्दावा लगायतको देशमा पुगे छन्।

पछिल्लो तथ्यांक अनुसार हाल सम्म पोल्याण्डमा ४६६ जना, स्लोभाकियामा ७८ जना, रोमानियामा २८ जना, हंगेरीमा ८ जना, र ४ माल्दावा पुगेका हुन् । हाल सम्म ५८४ जना नेपालीहरु सुरक्षित गन्तन्यमा पुगेका छन्।

राजदुत खड्का अनुसार ३ जना नेपालीहरुलाई भारतीय उडान मार्फत उद्धार गरिएको छ। उनीहरु भारतको नयां डिल्ली हुदै नेपाल जाने तयारीमा छन्।

युक्रेनबाट निस्केका मध्ये ४०जना नेपालीले यात्रा अनुमति पत्र -ट्राभल्स डकुमेन्ट_ लिएको जर्मनस्थित नेपाली दूतावासले जनाएको छ।

करिब ३८ जनाको परिवार आफ्नो व्यवसाय सहित स्थाईबसोबास गर्दे आउनुभएकोले पारिवारी, कानुनी रव्यवहारिक कारणले युक्रेनमा रहेका छन्।

बैठकलाई सम्बोधन गर्दै उद्धार समितिका संयोजक तथा एनआरएनएका उपाध्यक्ष डा= बद्री केसीले युके्रनको युद्धमा परेका नेपालीको उद्धारको लागि नेपाली समुदायले ठूलो सहयोग गरेका कारणले नेपालीहरुको समयमै उद्धार गरेर ज्यान बचाउन सफल भएको बताउनुभयो । उहाँले नेपालीहरुको उद्धारको लागि संयुक्त राष्ट्रसंघका एजेन्सीहरुसंग काम गर्न इच्छुक रहेको बताउदै गैरआवासीय नेपाली संघको संन्जाल संसारकै उत्कृष्ट लिस्टमा अन्तराष्ट्रिय समुदायले राखेको बताउनु भयो । उहांले एनआरएनए संजाल सकृय भएकै कारणले गर्दा यति छिटो उद्धार सम्भव भएको बताउनु भयो।

गैरआवासीय नेपाली संघका सहकोषाध्यक्ष लोक प्रसाद दाहालले युद्ध पिडित नेपालीहरुको पुर्नस्थापनको लागि आर्थिक संकलन गर्न आग्रह गर्नुभएको छ। उहाँले युद्धमा परेका नेपालीहरुको दुःखमा साथ दिन सबैलाई हातेमालो गरेर अघि बढ्न अनुरोध गर्नुभयो।

बैठकले दाहालको संयोजकमा युद्ध पिडितको लागि आर्थिक सहयोग संकलन समिति गठन गरेको समितिको प्रेस संयोजक चिरन शर्माले जानकारी दिनुभयो।

एनआरएनए पोल्याण्डका अध्यक्ष जीवन केसीले नेपालीहरुको सहयोगमा युद्ध पिडितहरुको उद्धार रव्यवस्थापन सफल भएको बताउनुभयो । उहाँले युक्रेनबाट धेरै नेपालीहरु पोल्याण्डमा आउनुभएकोले उहाँहरुको व्यवस्थापनको लागि ठूलो चुनौती रहेको बताउनुभयो । उहाँले २०३ जना नेपालीहरुलाई संघको पहलमा बसोबासको व्यवस्था गरेको जानकारी दिनुभयो।

एनआरएनए हंगेरीमा संस्थापक अध्यक्ष सुरेन्द्र श्रेष्ठले ४ जना नेपाल फर्किएको र ती मध्ये २ जना भारतीय सरकारको सहयोगमा हवाई जहाज मार्फत नेपाल गएको जानकारी दिनुभयो ।उहांले युक्रेनमा चिकित्सा शिक्षा अध्ययनको लागि आएका विधार्थीहरुलाई हंगेरी सरकारले आफ्नो कोर्ष पुरा गर्न अवसर प्रदान गर्न लागेको बताउनुभयो।

एनआरएनए स्लोभाकियाका प्रतिनिधि जय प्रकाश शिवाकोटीले अचानक रुपमा आएको युद्धमा परेका नेपालीहरुलाई उद्धारमा दुतावास रनेपाली समुदाय मिलेर गरेको उद्धार एकउत्कृष्ट कार्य भएको बताउनुभयो । उहाँले उद्धारमा जुट्ने सबै पक्षलाई धन्यवाद दिनुभयो । उहाँले रुस र युक्रेनको युद्ध अनिश्चित रहेकाले नेपालीहरु अझै सजक रहनु पर्ने बताउनुभयो।

बैठकमा स्वास्थ्य समितिका संयोजक डा= बोध सुवेदीले युके्रन तर्फबाट अन्य देशमा आउने नेपाली संख्या कम हुदै गएको जनाकारी दिनु भयो ।युद्धबाट विस्थापित नेपालीहरुलाई नेपालीद्धारा संचालित व्यवसायमा रोजगारीको अवसर दिनु पर्नेमा जोड दिनुभयो । उहाँले युद्ध पिडित नेपालीहरुलाई तत्काल आर्थिक र कानुनी सेवाको आश्यकता रहेको बताउनुभयो।

रोमानियाका लागि नेपाली काउन्सिलर नवराज पोखरेलले नवराज पोखरेलले संचालन गर्नुभएको बैठकमा संघका महासचिव डा. हेम राज शर्मा, प्रवक्ता डिबी क्षेत्री लगायत १३ देशका एनआरएनए अध्यक्षहरुको उपस्थिती थियो।

बैठकमा चिरन्जीबी खड्का -चेक रिपब्लिका_, सन्तोष भट्टराई -जर्मनी_, सुनिल रानाभाट -स्पेन_, एनआरएनए स्पेनका अध्यक्ष शालिकग्राम डुम्रे, एनआरएनए प्रोर्चुगलका महासचिव राजकुमार थापा, एनआरएनए डेनमार्कका अध्यक्ष शैलेन्द्र अधिकारी, एनआरएनए अष्ट्रियाकी अध्यक्ष भवानी तिवारी, चित्र सुवेदी -बेल्जियम_, हेमराज सुवेदी -स्पेन_, एनआरएनए स्वीजरल्याण्डकी अध्यक्ष शुभ एल्मर लामा लगायतले आआफ्नो भनाइ राख्नु भएको थियो।





Comments

comments

49063