Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
हङकङमा थपिए ५८,७५७ कोभिड संक्रमित, थप १९५ जनाको मृत्यु… – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

हङकङमा थपिए ५८,७५७ कोभिड संक्रमित, थप १९५ जनाको मृत्यु…

एचकेनेपाल डट कम –

हङकङ, ९ मार्च । हङकङमा आज ५८,७५७ नयाँ पुष्टि भएका कोभिड-१९ को केसहरु थपिएका छन्।

२४ घण्टाभित्र हङकङमा थप १९५ जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ।

अस्पताल प्राधिकरणका अनुसार मृत्यु हुनेहरुमा ४१ वर्षदेखि १०५ वर्ष उमेरबीचका १२६ पुरुष र ६९ महिला रहेका छन्। मृत्यु भएकी ४१ वर्षीया महिला घरमै बेहोस भएपछि अस्पतालमा लगिएको थियो। उनमा कोभिड–१९ पोजेटिभ देखिएको थियो। हालै उनलाई मस्तिष्कघात भएको उल्लेख छ। मृत्यु हुने अन्यमा केयर होम्समा बस्दै आएका बृद्धबृद्धासहित केही क्यान्सर, मृगौला रोगले पीडित तथा केही दीर्घ रोगीहरु रहेका छन्।

कोरोनाको पाँचौं लहरमा मात्रै मृत्यु हुनेको संख्या हङकङमा २६५६ पुगेको छ।

डा. अल्बर्ट अयूका अनुसार संक्रमितमध्ये ७ आयातित, ० डेल्टा र १८१६ केसहरू ओमिक्रोन भेरियन्टका रहेका छन्। बाँकी केसहरू परीक्षणको क्रममै रहेका छन्।

६८ जना विरामीको अवस्था चिन्ताजनक र १०७ जना विरामीको अवस्था गम्भीर रहेको प्राधिकरणले जनाएको छ। ८०७ जना बिरामी निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्।





Comments

comments

49049