एचकेनेपाल डट कम –
हङकङ, ११ मार्च । हङकङमा आज २९,३८१ नयाँ पुष्टि भएका कोभिड-१९ को केसहरु थपिएका छन्।
२४ घण्टाभित्र हङकङमा थप १९६ जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ।
अस्पताल प्राधिकरणका अनुसार मृत्यु हुनेहरुमा २४ वर्षदेखि १०७ वर्ष उमेरबीचका १२७ पुरुष र ६९ महिला रहेका छन्। मृत्यु भएका २४ देखखि ५९ वर्षकाा विरामीहरु पहिलेदेखि नै विरामीका कारण केयर फेसिलिटीमा रहंदै आएका थिए। मृत्यु हुने अन्यमा केयर होम्समा बस्दै आएका बृद्धबृद्धासहित केही क्यान्सर, मृगौला रोगले पीडित तथा केही दीर्घ रोगीहरु रहेका छन्।
कोरोनाको पाँचौं लहरमा मात्रै मृत्यु हुनेको संख्या हङकङमा ३२३१ पुगेको छ।
डा. अल्बर्ट अयूका अनुसार संक्रमितमध्ये ४ आयातित, ० डेल्टा र १४०७ केसहरू ओमिक्रोन भेरियन्टका रहेका छन्। बाँकी केसहरू परीक्षणको क्रममै रहेका छन्।
७९ जना विरामीको अवस्था चिन्ताजनक र १२२ जना विरामीको अवस्था गम्भीर रहेको प्राधिकरणले जनाएको छ। ८७७ जना बिरामी निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्।