मकाउ सरकारले स्थायीलाई १० हजार र अस्थायी बासिन्दालाई ६ हजार पटाका वितरण गर्दै..

एचकेनेपाल डट कम –

हङकङ, ११ मार्च । मकाउ सरकारले त्यहाँका सबै स्थायी बासिन्दालाई १० हजार र अस्थायी बासिन्दाहरूलाई ६ हजार पटाका वितरण गर्ने भएको छ।

नमूना फोटो

अप्रिल १ देखि वितरण गर्ने यस वर्षको योजनामा ६९७,००० स्थायी बासिन्दा र ४२,००० अस्थायी बासिन्दाहरू समावेश छन्।

अटोपेमार्फत अप्रिल ६ र चेकमार्फत अप्रिल १२ देखि उक्त रकम प्राप्त गर्न सकिने घोषणा मकाउ सरकारले आज गरेको हो।

त्यसबाहेक, स्थायी बासिन्दालाई ६०० पटाका बराबरको मेडिकल भाउचर उपलब्ध गराउने जनाएको छ।

मकाउ सरकारले २००८ देखि वार्षिक रूपमा नगद वितरण गर्दै आएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

49084