Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
हङकङमा थपिए २७,६४७ कोभिड संक्रमित, थप १९८ जनाको मृत्यु… – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

हङकङमा थपिए २७,६४७ कोभिड संक्रमित, थप १९८ जनाको मृत्यु…

एचकेनेपाल डट कम –

हङकङ, १२ मार्च । हङकङमा आज २७,६४७ नयाँ पुष्टि भएका कोभिड-१९ को केसहरु थपिएका छन्।

२४ घण्टाभित्र हङकङमा थप १९८ जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ।

अस्पताल प्राधिकरणका अनुसार मृत्यु हुनेहरुमा ३६ वर्षदेखि १०७ वर्ष उमेरबीचका १२२ पुरुष र ७६ महिला रहेका छन्। मृत्यु हुनेहरुमा केयर होम्समा बस्दै आएका बृद्धबृद्धासहित केही क्यान्सर, मृगौला रोगले पीडित तथा केही दीर्घ रोगीहरु रहेका छन्।

कोरोनाको पाँचौं लहरमा मात्रै मृत्यु हुनेको संख्या हङकङमा ३५१६ पुगेको छ।

डा. अल्बर्ट अयूका अनुसार संक्रमितमध्ये १ आयातित, ० डेल्टा र १०५५ केसहरू ओमिक्रोन भेरियन्टका रहेका छन्। बाँकी केसहरू परीक्षणको क्रममै रहेका छन्।

१६४ जना विरामीको अवस्था चिन्ताजनक र २२८ जना विरामीको अवस्था गम्भीर रहेको प्राधिकरणले जनाएको छ। ९६० जना बिरामी निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्।





Comments

comments

49109