लिथआनिया र बेलारुसको जंगलमा ११ नेपाली अलपत्र..

रुसबाट हिडेका ११ जना नेपालीहरु लिथआनिया र बेलारुसको जङ्गलमा अलपत्र परेका छन्।

फाइल नमूना फोटो

उनीहरुले एनआरएनए स्लोभाकियाका प्रतिनिधि जय प्रकाश शिवाकोटीलाई सम्पर्क गरी शनिवार आफ्नो उद्धारको लागि पहल गरिदिन आग्रह गरको हुन्।

उनीहरु रुसबाट युरोपका अन्य मुलुक जान हिँडेको आशंका गरिएको छ।

सम्पर्ककर्ता मध्येका एक सुभाव कुँवरले ह्वास्स एप मार्फत आफ्नो उद्धारको लागि अनुरोध गरेका थिए।

जर्मनीको लागि नेपाली राजदूत रामबाबु खड्काले ती नेपालीहरु युक्रेन युद्ध पीडित नभएर अन्य विचौलियामा मार्फत युरोप छिर्न हिडेको हुने सक्ने आशंका गर्नुभयो।

खड्काले उनीहरुको खोजीको लागि रुसस्थित नेपाली दूतावासमार्फत समन्वय गरेर उनीहरुसँग सम्पर्क स्थापित गर्न खोजिएको जानकारी दिनुभयो। उनीहरुले रुसमा विगत केही बर्षदेखि बसोबास गर्दै आएको समेत बताएका थिए।





Comments

comments

49122