Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

एयरपोर्ट बन्द हुँदा बिहे छुट्याे

दोहा (कतार), फागुन २४ – ‘बाबा तपाई किन नआउनुभएको ?’, ७ बर्षे छोरीले फोनमा सोधिराख्दा काभ्रेका बिष्णु उप्रेती भक्कादिदै थिए। कतारको हमाद अन्तराष्ट्रिय विमानस्थलको यात्रु प्रतिक्षा कक्षमा तीन दिनदेखि बसिरहेका उप्रेतीले छोरीलाई सम्झाउँदै थिए, ‘नेपालमा प्लेन चलेको छैन्। चल्नेबित्तिकै आइहाल्छु।’

उप्रेतीले छोरीलाई बुधबार बेलुका काठमाडौंमा भेट्ने बाचा गरेका रहेछन्। बुधबार १२:४५ को कतार एयरवेजबाट नेपाल जाने उनको टिकट थियो। ‘विमानस्थल आएपछि मात्रै थाहा भयो, टर्किस बिमान दुर्घटनामा परेको,’ उनी भन्दै थिए, ‘त्यसपछि छिट्टै खुल्छ होला भनेर बसेको त आज तीन दिन भइसक्यो।’

उनी अल्माज कम्पनीको क्याटरिङमा काम गर्छन्। उनको समुहमा १० जना नेपाली छन् । ‘कम्पनी फिर्ता गएमा फर्केने ढिला भइन्छ’, उनले भने, ‘अहिले झन बेहाल पो हुन पुग्यो।’

हमाद विमानस्थलका प्रशासनले सबै बिमानका यात्रुलाई बस्न दिइएको छैन। ठाँउ ठाँउमा यात्रु बस्ने कुर्सी छन्। ती सबै कर्सी अलपत्र यात्रुले भरिएका छन्। ‘हामीलाई (कतार एयरवेजका यात्रु) मात्रै बस्न दिएको छ। अरु बिमानका यात्रुलाई फर्काइ हालेको छ’, स्याङ्जाका हिम गुरुङले भने,’सबैलाई बस्न दिने हो भने भीड थेगिनसक्नु हुने थियो।’

गुल्मीका राधेस पन्तको विवाहको लागि बिदामा घर जाँदै थिए। उनको शुक्रबार बिहे गर्ने तिथि तोकिएको समाचार कान्तिपुर दैनिकले छापेको छ। ‘बास एयरपोर्टकै भइहाल्यो’, तनावमा देखिएका पन्तले भने, ‘बिहे कसरी गर्नु ?’

३ बर्षअघि कतार आइपुगेका पन्तले घर जान बल्ल बल्ल समय मिलाएको थिए । ‘सबै पक्का भएर कम्पनी छोडेर हिडेको । यता फसादमा परियो,’ उनीले भन्दै थिए।

६ जनाको समुहमा सुतिरहेका बाग्लुङका गगन थापा फेरि कतार नफर्कने गरी कम्पनीले भिसा रद्द गरिसकेको छ। ‘कम्पनीले एयरपोर्टसम्म ल्याएर छोडिदियो। हाम्रो जिम्मेवारी यति हो भनेर फर्कियो भन्दै गयो,’ थापाले भने, ‘फेरि क्याम्पभित्रै फर्कन पासको व्यवस्था छैन।’

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

4918