Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

किन पटक पटक मारिन्छन् पुटिनविरोधी ?

काठमाडौं, फागुन २४ – रुसका प्रभावशाली विपक्षी नेता ५५ वर्षे बोरिस येफिमोभविच नेम्त्सोभको गत २७ फेब्रुअरीमा हत्या भयो । राजधानी मस्कोमा पनि सबैभन्दा सुरक्षित मानिने क्रेमलिन वाल र रेड स्क्वायर नजिकैको मस्कभोरेत्स्की पुलमा उक्त घटना भएको थियो। छ्याप–छ्याप्ती सीसीटीभी क्यामेरा भएको उक्त स्थानमा उनको महिला मित्र भने जोगिइन्।

सुरुमा धेरैले ती महिला उनकै दलका सहयोगी वा कार्यकर्ता होलिन् भन्ने अनुमान गरेका थिए। मस्को प्रहरीले नियन्त्रणमा लिएर पाँच दिनसम्म थुनामा राखेपछि बल्ल हल्लीखल्ली भयो । नेम्त्सोभको हत्यापछि एकाएक चर्चामा आएकी उनी २३ वर्षे युक्रेनी मोडल अन्ना दुर्यत्स्का हुन्।

राष्ट्रपति भ्यादिभिर पुटिनका कट्टर आलोचक नेम्त्सोभ र अन्नाबीचको सम्बन्धको सार्वजनिकीकरण सबैका लागि रोचक विषय बन्यो। नेम्त्सोभ हत्याको बेला पूर्वी युक्रेनको युद्दमा रुसका संलग्नता र पश्चिमा प्रतिबन्धले उत्पन्न वित्तीय संकटको विरोधमा प्रदर्शन गर्न मस्को आएका थिए। उनले प्रदर्शनको अगाडि नै आफ्नो हत्या हुनसक्ने भन्दै आशंका व्यक्त गरेका थिए।


नेम्त्सोभको शव

पुटिनविरोधी हत्या भएको यो पहिलो घटना भने होइन। २००३ को १७ अप्रिलमा सुधारवादी राजनीतिज्ञ ६५ वर्षे सर्गेई युसेन्कोभको मस्कोको घरनजिकै हत्या भएको थियो। डिसेम्बर २००३ को संसदीय निर्वाचनमा सहभागी हुन लिवरल रसिया पार्टी दर्ता गराएको केही घन्टा नबित्दै उनी मारिएका थिए।

सोही वर्षको जुलाईमा खोजी पत्रकार ६५ वर्षकै युरी सेचेकोचिखिनको १६ दिनको रहस्यमय रोगपछि ३ जुलाई २००५मा मृत्यु भयो। उनले केही दिनअघि मात्रै अमेरिकाको संघीय जाँच व्युरोसँग बैठक गर्ने भएका थिए। सन् २००४ को जुलाईमा मस्को गल्लीमा गुडिरहेको कारबाट गोली प्रहार गरिएका फोब्र्स म्यागजिनको रुसी सम्पादक अमेरिकी नागरिक ५१ वर्षीय बेरिस बेरेजोभ्स्की बेलायतस्थित घरमा मृत फेला परे। तर, पुटिनको १५ वर्षे कार्यकालमा नेम्त्सोभको हत्यालाई लिएर सबैभन्दा बढी अन्तर्राष्ट्रिय चासो छ।

पुटिनविरोधी हत्याको सूची बढ्दै गएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ। तर अहिलेसम्म कुनै पनि हत्याको पूर्ण तथा सफल अनुसन्धान हुन सकेको छैन। घटनामा प्रत्यक्ष संलग्नलाई पक्राउ गरी कारबाही पनि चलाइयो। तर, अहिलेसम्म पेसेवर हत्यारालाई मार्ने आदेश दिनेको खुलासा भएको छैन।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

4920